सूर्यदल गणबाट राहत वितरण



काठमाडौं, (नेस)
यही फागुन ११ गते अचानक करेन्ट सर्ट भई थलाहा ८ मन्त्रीटोलमा रहेको ठेमन राजवंशीको घरमा आगलागी भई पूर्ण नष्टभएको हुँदा सेना दिवसको अवसरमा हालै सूर्यदल गणबाट सञ्चालित अग्नि पीडित राहत वितरण कार्यक्रममा राहतस्वरुप खाद्यान्न, लत्ताकपडा, र निर्माण सामग्री तथा औषधि वितरण साथै आगलागी भएको स्थान वरपरको इलाकाको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। सूर्यदल गणका गणपति प्रमूख सेनानी इन्दिवर विष्टको नेतृत्वमा ५० जनाको संख्यामा सकल दर्जा संलग्न भई कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्