कुखुराले कोरल्यो चार खुट्टे चल्ला



सरिता चलाउने
सल्यान, १७ फागुन ।

के तपाइले ४ वटा खुट्टा भएको कुखुरा या कुखुराको चल्ला देख्नुभएको छ ? तपाइको उत्तर हुन सक्छ ‘बाख्रा, भैसी, गाई, गोरुको पो ४ वटा खुट्टा हुन्छ, कुखुराको पनि कहिँ ४ वटा खुट्टा हुन्छ ? नचाइने र पत्याउनै नसकिने कुरा ।’ यस्तै पत्याउन मुस्कील पर्ने तर वास्तविक घटना सल्यानमा भएको छ ।

सल्यानमा चारवटा खुट्टा भएको कुखुराको चल्ला निक्लिएको छ । मुलखोला गाउँ विकास समिति वडा न २ डोप्पेमा चारवटा खुट्टा भएको चल्ला अण्डाबाट निक्लिएको हो । गुमान बुढाले पाल्दै आएको कुखुराले चार वटा खुट्टा भएको चल्ला निक्लिए पछि गाउँमा अहिले कुखुराको चल्ला हेर्नेको भिड लाग्न थालेको छ ।

दुई खुट्टा अगाडि र २ खुट्टा पछाडि रहेको बुढाले जानकारी दिनु भयो । उक्त कुखुरासँग निक्लिएका अन्य चल्लाहरु भने सामान्य रहेको र एक वटामात्रको मात्र ४ खुट्टा रहेको उहाँले बताउनु भयो ।
चार खुट्टाको चल्ला निक्लिए पछि बुढाको घरमा चल्ला हेर्नेको भिड लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्