सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि ध्यानाकर्षण



काठमाडौं, (नेस)।
सुर्र्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेको ऐनको कार्यान्वयनको अवस्था र गर्नुपर्ने काम विषयमा राजधानीमा सोमबार सरोकारवालाहरुको उपस्थितिमा अन्र्तक्रिया कार्यक्रम गरियो ।

एक्सन नेपाल, नेपाली हेल्थ डटकम र स्वास्थ्य तथा वातावरण सचेतना मञ्च ले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेपाली हेल्थ अनलाइनका प्रधान सम्पादक रामप्रसाद न्यौपानेले कानून बनेपनि कार्यान्वयनमा ढिलाइ भएको बताउँदै सम्पूर्ण सरोकारवालाहरु लाई ध्यानाकर्षण गर्न छलफल चलाइएको बताए ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७२ साल जेठ १ गते सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका लागू गरेको थियो । विदेशी कम्पनीले त्यसको कार्यान्वयन गरेपनि स्वदेशी कम्पनीहरु अझै अटेर गरिरहेका छन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले छिट्टै नै मदिरा ऐन ल्याउने जानकारी दिँदै कार्यान्वयनको जिम्मेवारी सबैको हुने र यो अभियान प्रभावकारी बनाउन प्रचारप्रसार कमी नगरेको दाबी गरे ।

वरिष्ठ चिकित्सक करबीरनाथ योगीले यो कानून ल्याउनेमा नेपालले ठूलै फड्को मारेको र चित्रअंकित सन्देशले धेरै मानिसहरु चुरोट खान छोडेको कुरा हौसिँदै भन्नुभयो । उनका अनुसार सुर्तीजन्य पदार्थले लगभग सबै अंगमा क्षति पु¥याउनुका साथै यसको प्रयोगले क्यान्सरको जोखिम अत्यधिक रहेको बताए ।

त्यसैगरी एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले एक अध्ययनले नेपालमा वार्षिक पन्ध्र हजार मानसिको मृत्यु सूर्तीजन्य पदार्थको सेवनबाट हुने बताउँदै हाम्रो जस्तो विकासोन्मुख देशमा चित्रअंकित वार्निङ मेसेज एकदमै प्रभावकारी भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्