जेनिअम र गेट्वे क्वार्टरफाइनलमा



काठमाडौं, (नेस)
जेनिअम नेसनल एकेडेमी र गेट्वे एकेडेमी प्रथम फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

कोटेश्वरस्थित न्यु भिजन एकेडेमीको कोर्टमा भएको खेलमा जेनिअमले हिमालयन विद्या मन्दिरलाई ३९–१८ ले पराजित गर्यो। गेट्वेले नेपाल तारालाई ४४–१८ ले सजिलै हरायो। गल्र्समा न्यु भिजनले गेट्वेलाई २४–११, ग्रामरले भीमेश्वरलाई १४–१०, हिमालयले नेपाल तारालाई २४–१२ तथा लाइसियम प्याराडाइसले मोनास्टिकलाई १४–८ ले निराश पारे।

प्रतिक्रिया दिनुहोस्