कार्कीलाई दज्र्यानी चिह्न



काठमाडौं, (नेस)
प्रधान सेनापति राजेन्द्र क्षत्रीले मानार्थ उपरथी दर्जामा पदोन्नति हुनुभएका नेपाली सेनाका सूचना अधिकारी एवं प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ।

सैनिक सेवा नियमावली २०६९ मा व्यवस्था भएअनुसार नेपाली सेनाका साधारणतर्फका सहायक रथी कार्कीको कार्यदक्षता एवं उहाँले संस्थाप्रति पुर्याउनुभएको विशेष योगदानको आधारमा सिफारिसअनुसार मन्त्रिपरिषद्को निर्णयबमोजिम उहाँलाई मानार्थ उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरिएको हो। साथै सोही समारोहमा महासेनानी (पाइलट) कुमार रायमाझीलाई प्रधान सेनापति क्षत्रीले सहायक रथी (पाइलट) दर्जाको दज्र्यानी चिह्नसमेत प्रदान गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्