स्वर्ण महोत्सवमा बिरामीलाई फलफुल



हेटौंडा,फागुन,१६,(नेस)

मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते मनाइने स्वर्ण महोत्सव तथा ५० औं वार्षिक साधारणसभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् सोमबार हेटौंडा अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ ।

संघ अध्यक्ष राजकुमार न्यौपाने, स्वर्ण महोत्सव मूल समिति संयोजक उत्तम शर्माढकाल र फलफुल वितरण उपसंयोजक रवीन्द्र अधिकारीलगायतले करिब ७० बिरामीलाई फलफुल वितरण गरेका हुन् ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेस शर्मा, दाङ युवा संघका अध्यक्ष हेमराज बञ्जाडे, पूर्वअध्यक्ष धु्रुवराज श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका अजय अधिकारी, संघ बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, सल्लाहकार प्रदीप कोईराला लगायत संघका पदाधिकारी, सदस्य र कर्मचारीको सहभागिता रहेको थियो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत संघले भोलि मंगलबार मकवानपुरको चुरियामाई, लोथर, रामचन्द्र भञ्ज्याङ, दामेचौरमा पर्यटकीय क्षेत्र भनेर उल्लेख गरिएको होर्डिङबोर्ड स्थापना गर्ने संघ महासचिव महेन्द्र राउतले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्