अझै पुगेन विध्यालयमा नयाँ पुस्तक



बीरबहादुर बम
मुगु,फागुन, १६, (नेस)

नयाँ पुस्तक र शैक्षिक सामाग्रिको समेत अभावमा पुराना पुस्तक र शिक्षकको नोटहरुको भरमा परिक्षाको तयारीमा रहेका मुगुका ग्रामिण क्षेत्रका विध्यार्थी अझै पनि नयाँ पुस्तको भरमा रहेका छन  ।

जिल्लाका सबैजसो निम्न माध्यमिक र माध्यमिक बिध्यालयका विध्यार्थीको हातमा अझै पुस्तक पुगेको छैन । जिल्ला शिक्षा कार्यालयबाट प्रतेक बर्ष पाठ्यपुस्तक लागि सबै तहका विध्यार्थी अनुपातमा अनुदान जाने भएपनि दुर्गमका विध्यार्थीले बर्षेनी पाठ्यपुस्तकको समस्या भोग्नु परेको छ । सदरमुकाम स्थित महाकालि माध्यमिक बिध्यालयमा समेत एच्छिक प्रथम र द्धितिय विषयका पाठ्यपुस्तक विना नै पुराना पुस्तकको भरमा कक्षा संचालन भएको प्राचार्य देव बहादुर मल्लले जानकारी दिएका छन ।

कक्षा ९ का पाठयपुस्तक शैक्षिक सत्र २०७३ बाट परिवर्तन भएकाले विषयवस्तुमा नयाँ कुरा थप गरिएको छ । नयाँ पाठ्यपुस्तक नआइ सकेको अबस्थामा र शिक्षक निर्देशिका पनि नबनेको हुँदा शिक्षकलाई कक्षामा विषयबस्तुको बारेमा प्रयाप्त जानकारी दिन समस्या भएको कुरा बुद्ध माध्यामिक विध्यालयका शिक्षक गंगाराम केसी बताउँछन् ।

जिल्लाका माध्यमिक बिध्यालय जस्तै कालै, पुरुमुरु, श्रीनगर, हयागलु ,खमाले लगाएतका बिध्यालयमा सबै बिषयको पाठयपुस्तक नपुगेको अवस्थामा विध्यार्थीहरु कुनै नयाँ त कुनै पुराना विषयहरु मिलाएर कक्षा संचालन गरेका छन । एस.एल.सी आउन लाग्दा गाईड पढेर परिक्षाको तयारीमा रहेको कुरा बिजय मा. बि का कक्षा १० का विध्यार्थी अंग नाथ योगी बताउँछन् ।

नयाँ पुस्तक नपुगे पनि जिल्ला शिक्षा कार्यालय मुगुले चैत्रको १३ गतेबाट कक्षा १ देखि ९ सम्मको परिक्षाको तालिका सार्वजनिक गरेको छ । जिल्लाका १३ हजार विध्यार्थी परिक्षामा सामेल हुने भएका छन् ।

समयमै दुर्गममा पुस्तक पुरयाउने सरकारको योना भएपनि जनक शिक्षा सामाग्रि केन्द्रको ढिलो छपाई र पुस्तक बिके्रता कम्पनिको बितरक केन्द्रमा ढिलो पुरयाउने नितीले गर्दा जिल्लाका धैरै जसो विध्यार्थीहरु मर्कामा पर्ने गरेका छन । पुस्तक पुगेपछी मात्रै विध्यार्थीलाई पढाउँला भन्दै शिक्षकले समेत कक्षा संचालनमा ढिलाई गर्ने गरेको पनि विध्यार्थीले जानकारी दिएका छन ।

जिल्लामा समयमै पुस्तक पुरयाउने सम्झौतामा ३ पुस्तक बिक्रि केन्द्र रहेका छन् । यस बर्ष पहिलो पटक अपुग पुस्तक पुगेको र दोस्रो पटक मङसिर महिनामा पुस्तक पुगेपछि जानकारी गराउँदा पनि जिल्लाका धेरै बिध्यालयले पुस्तक खरिद नगरेको जय लक्ष्मी पुस्तक भन्डारका संचालक लक्ष्मी भाम बताउँछन् ।

पुस्तक खरिदकोलागि बिध्यालयमा लाखौँ रुपैँया जाने भएपनि पुस्तक नपुगेको भन्दै बिध्यालयले अन्य शिर्षकमा रकम खर्चिने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्