आठ मेडिकलमा प्रशासनको छापा, पाँच मेडिकलमा अनिसितकालीन ताला



सदरमुखकाम चैनपुरमा रहेका निजी मेडिकलमा छापामारी मेडिकल अनुगमन गर्दै सरोकारबाला निकाए । तस्बीर ललित सिहं

ललित सिहं
बझाङ्ग,माघ,१६
सदरमुकाम चैनपुरमा अनुमति पत्र नलिइ लामो समय देखि संचालनमा रहेका आठ निजि मेडिकलमा प्रशासनले छापा हानेको छ ।छापा हान्दा कुनै पनि कागत पत्र बैधानिक रुपमा नराखेको भन्दै तिन मेडिकलमा प्रशासनले अनिसितकालिन ताला बन्दि गरेको छ । ताला बन्दि हुनेमा दुई भारतीय मुलुका ब्यक्तिका मेडिकल रहेका छन ।

सरकारी अनुमतिपत्र नै नलिई बिना तालिमका मेडिकल दश बर्ष अघि देखि संचालन हुँदै आएका भए पनि पहिलो पटक स्थानिय प्रशासनले भगवति हेल्थ क्लिनिक, न्यु चैन मेण्डीकल ,कालिका मेडिकल, जितेन्द्र मेडिकल, राज आयु बेद्र,आकास मेडिकल,सुर्मा मेडिकल र अमिसा हस्पीटलमा छापा हानेको छ । छापा र्मादा कुनै पनि कागत पत्र न राखेको भन्दै दुई भारतीय मुलका र दुई अन्य तिन गरि पाँच मेडिकलमा अनिसित कालिन प्रशासनले ताला बन्दि गरेको हो ।

बजारमा खोलिएका निजि मेडीकलमा पढे लेखेका र अनुभबी स्वास्थ्य र्कमी निकै कम छन अधिकांसले देखा सिकीमा पैसा कमाउने उदेश्यले मेडिकल खोलका छन बिरामीलाई रोग नै थाहा नपाई अनुमानको भरमा बिभिन्न खालको औषधि दोब्बर मुल्य लिइ बिक्रि गर्ने गरेको पत्रकर जगदिश रोकायाले जानकारी दिएका छन ।

उनले भने बझाङ्गको सदरमुकाम चैनपुरमा बिरामीलाई जथाभाबी औषधि प्रयोग हुने गरेको छ बिरामी सँग एक चक्कि सिटामोलको ५ देखि १० रुपैया सम्म लिने गरेको छन । भगवती हेल्थ क्लिनिक मेडिकलमा ६० रुपैया पर्ने छालाको रोगको एक औषधिमा आफुलाई ३ सय रुपैया लगेको छ सरकारले प्रिन्टि रेटमा बिक्रि गर्ने भनेको छ । यहा मनौमानि रुपमा औषधि बिक्रि हुने गरेको छ सदरमुकाम चैनपुरमा यसरी बिरामि ठगि हुन्छन भने गाउँमा कस्तो अबस्था होला ।मेडिकल मालिक भारतीय मुलुका हुन ।

दैनिक सदरमुका चैनपुरमा नक्कली डाक्टरको ठगीमा बझाङ्ग सर्बसाधारण बिरामी हुदै आईरहेका थिए । स्थानिय प्रशासन मौन थियो । धेरै पटक मौखिरुपमा जानकारी गराए काबार्हि भएको थिएन सयौका औषधिको गलत सबेनले ज्यान गुमाएका थिए भने कतिपएले आश्यक भन्दा बढि औषधि लिनु पर्ने बाध्यताले क्रण थाप्लोमा थुप्रेको नागरिक समाजका अगुवा धर्मजङ्ग बहादुर सिहंले बताए ।

उनले भने एक जना संग पनि लाईसेन्स छैन कुनै ठाउँमा सरकारी नियम अनुसार र्दता पनि भएका छैन ।बल्ल स्थानिय प्रशासन जागेको छ ।

बजारमा संचालन गरिएका ८ निजि मेडिकलमा अनुगमन गर्दा सबै मेडिकलमा बिना प्रमाण र बिनिा तालिमका ब्यतिmले मेडिकल संचालन गरेका र तालिम प्राप्त भएका मेडिकलमा पनि सिमए सम्म अध्यनगरेका स्वास्थ्य कर्मी बसेको भए पनि एम डि ले चेक जाँच गर्ने दिने ओषधि क,ख, स्थरका राखेका र २५ किसम्मका राख्न पाउने ब्यबस्थाभए पनि ५० ,६० किसमका औषधि राखेको भेटिएको जनस्वास्थ्य अधिकृत दयानन्द पन्थले बताए ।

उनले भने “पहुँचको आधरमा राखेका रहेछन कानुको पालना छैन । बिरामीलाई उपचार हैन छिटो मृत्युको मुखमा धकेल्ने काम भएको मुल्य पनि मनौमानि रहेछ । चैन मेडिकले सामान्य बिरामीलाई औषधिको बिलमा एकै ब्यतिmलाई ७ हजारको औषधि दिएको भेटाइयो ।आफै चेक जाँच गर्ने आफै औषधि दिदा रहेछन ।”

प्रतिक्रिया दिनुहोस्