सिटी एक्सप्रेसको घडेरी विजेता घोषित



काठकमाडौं, (नेस)
सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘सिटी बजाउनुहोस, काठमाडौंमा घडेरी पाउनुहोस योजनाको बम्पर उपहार विजेता घोषित गरेको छ। विदेशबाट सिटी एक्सप्रेसमार्फत् पैसा पठाउने व्यक्तिलाई लक्की ड्रमार्फत एकजना विजेताले घडेरी पाएका हुन्।

दशैं तिहार र छठ पर्वको अवसरमा ल्याएको प्रवद्र्धनात्मक योजनाअन्तर्गत विजेताका रूपमा महोत्तरी लक्ष्मीनिया ७ का सनदिलीप कुमार महतो घोषित भएका हुन्। कम्पनीका ब्रान्ड एम्बेस्डर सीताराम कट्टेल ‘धुर्मुस र कुन्जना घिमिरे ‘सुन्तली ले विजेता महतोलाई आइतबार एक कार्यक्रमकाबीच ललितपुरको गोदामचौरस्थित चार आना बराबरको घडेरी हस्तान्तरण गर्नुभयो। महतोले गत कात्तिकमा साउदी अरबको टेलिमनीबाट सिटी मनिट्रान्सफरमा पैसा पठाउनुभएको थियो। त्यस्तै सोही योजनाअन्तर्गत १२ हप्तासम्म प्रत्येक हप्ता एकजना विजेतालाई ३२ इन्च एलईडी टेलिभिजन प्रदान गरिएको थियो। विजेता घोषणा कार्यक्रममा कलाकार कट्टेलले गिरानचौर एकीकृत बस्ती निर्माणका क्रममा सिटी एक्सप्रेसले १५ लाख ५५ हजार ५ सय ५५ रुपियाँ सहयोग गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्