हैट, देउवा दाइ



लोकतन्त्रमा जसले पनि आफ्नो अभिव्यक्ति दिन पाउने नैसर्गिक अधिकार हुन्छ यो विश्वव्यापी मान्यता हो। नेपालमा पनि लोकतन्त्रमा बढी विश्वास गर्ने पार्टी नेपाली कांग्रेस हो, यसमा दुईमत छैन। कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी नेपालमा अन्य पनि भइदिएको भए यो मुलुक अहिले विश्वकै नम्बर १ देश हुने थियो होला भन्ने विश्वास धरहरालाई लागेको छ। यसमा सत्य असत्य के हो त्योचाहिँ पाठकवृन्दले छुटइउनु होला। प्रसंग राजदूत नियुक्तिको हो। राजदूतमा मानव तस्कर र दलाललाई नियुक्त गरेको भनेर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिको खुलेर आलोचना गरे र राजदूतमा सिफारिस भएका नाम फिर्ता लिन सभापति शेरबहादुर देउवालाई चेतावनी दिए।

देउवा पनि के कम उनले आफूले कत्रो दुःख गरेर नियुक्त गरेको राजदूतको नाम फिर्ता हुँदैन मात्रै भनेनन् यो सोच्न पनि नसक्ने बिषय भन्दै उनले राजदूत बनाउने आफ्नो काइदाको बचाउ गरे। पौडेलले राजदूत नियुक्तिमा अनुचित काम भएको भन्दै निर्णय नसच्याए पार्टीभित्र आन्दोलन गर्ने चेतावनी पनि दिए। होइन देउवा दाइ पनि के भएका होलान्? अनुचित काम गरेको केही दाम पौडेल बाजेलाई बाँडेको भए यो लफडा हुने थिएन होला। हैट आफू मात्रै खान खोज्यो भने त खोसिने सम्भावना हुन्छ है देउवा दाइ। कि कसो?

प्रतिक्रिया दिनुहोस्