डाँडापारि पत्रकारिता, पुरस्कार हुमागाईं र अधिकारीलाई



डाँडापारि पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकले यस वर्षको स्वर्गीय उर्मिला सापकोटा ‘डाँडापारि पत्रकारिता पुरस्कार’ अरनिको टेलिभिजनमा कार्यरत सम्झना हुमागाईंलाई र गत वर्षको ‘कान्तिपुर’ पत्रिकाका काभ्रेपलाञ्चोक संवाददाता नगेन्द्र अधिकारीलाई प्रदान गरेको छ । तस्बिर, मीना घोरसाइने, काभ्रेपलाञ्चोक, रासस

काभ्रेपलाञ्चोक, १५ फागुन । नेपाल प्रेस युनियनले निरन्तर वितरण गर्दै आएको स्वर्गीय उर्मिला सापकोटा ‘डाँडापारि पत्रकारिता पुरस्कार’ यस वर्ष अरनिको टेलिभिजनमा कार्यरत सम्झना हुमागाईंलाई प्रदान गरिएको छ ।

बनेपामा युनियनले आज आयोजना गरेको कार्यक्रममा पूर्वसभासद् शिव हुमागाईंले उहाँलाई पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारका संरक्षक स्व उर्मिलाका पिता गोपालकृष्ण सापकोटाले हुमागाईंलाई रु पाँच हजार पाँच सय पाँच प्रदान गर्नुभयो ।

उक्त अवसरमा पूर्वसभासद् हुमागाईं र सापकोटाले डाँडापारि क्षेत्रका विविध समस्याको उजागर गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

सो अवसरमा गत वर्ष भूकम्पका कारण रोकिएको सो पुरस्कार ‘कान्तिपुर’ पत्रिकाका काभ्रेपलाञ्चोक जिल्ला संवाददाता नगेन्द्र अधिकारीलाई समेत पुरस्कृत गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्