महायज्ञ बाट २ करोड भन्दा बढी आम्दानी



बिष्णुप्रसाद भण्डारी
अछाम,फागुन,१५(नेस)

अछाम बहुमुखि क्याम्पसको स्तरोन्नतीका लागि आयोजना गरिएको अछाम शैक्षिक तथा धार्मिक महोत्सव एवम् श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ मार्फत कुल २ करोड भन्दा बढी आम्दानी भएको छ ।
आज मंगलसेनमा एक कार्यक्रमका बिच महायज्ञको आयव्यय विवरण सार्वजनिक गरिएको छ । गत माघ २१ गते देखि २८ गते सम्म मंगलसेनमा भएको महायज्ञमा कुल २ करोड एक लाख ९५ हजार चार सय एक रुपैयाँ दान रकम संकलन भएको अयव्य त्यस क्रममा प्रस्तुत गरिएको थियो ।

मुल समारोह समिति संयोजक पदम बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी अछामका स्थानीय बिकास अधिकारी तोयानाराया सुवेदी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुवेदीले क्याम्पसले धेरै ठुलो काम गरेको भन्दै आयोजकको प्रशंसा गर्नुभयो ।

अछाम जस्तो ठाउँमा शैक्षिक बिकास लागि भन्दै २ करोड बढी रकम संकलन गरेर क्याम्पसको स्तरोन्नतीका लागि आयोजकले सफल काम गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथी जिल्ला शिक्षा अधिकारी झंकर बिष्ट रहनुभएको थियो । कार्यक्रममा जिल्ला स्थित बिभिन्न निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार, दान दाता, सर्वसाधारण लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन अछाम शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समिति अन्तरगतको सचिवालय सचिवका उदयराज ढुङ्गानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्