नेपाल ताराले ल्याए सांगीतिक श्रेय



पहिलो नेपाल तारा दीपक लिम्बु आफ्नो नवीनतम गीति अडियो एल्बम श्रेयका साथ दर्शक स्रोतामाझ आएका छन्।

‘म तपाईंहरूमाझ श्रेय लिएर आएको छु, शुक्रबार राजधानीमा पत्रकार तथा सञ्चारकर्मीमाझ आफ्नो नयाँ एल्बम सार्वजनिक गर्दै दीपकले भने– ‘यहाँहरूले सदाझैं माया गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु।

आधुनिक तथा पाश्र्वगायनमार्फत चर्चामा रहेका दीपकको श्रेय पाँचौं सोलो एल्बम हो। आफ्नो पाँचौं एल्बमलाई उनले भिन्न तरिकाले सार्वजनिक गरेका हुन्। एल्बम गायक लिम्बु र सोही एल्बमका गीतकार तथा संगीकार उत्तमजंग लिम्बुले सार्वजनिक गरेका थिए। एल्बम सार्वजनिकपछि दीपकले एउटा गीत पनि गाएर सुनाए। कार्यक्रममा मैले त्यही भएर मन पराको गायक लिम्बुले एल्बममा संगृहित किन जाली माया बोलको गीत गाएर सुनाएका थिए।

एल्बम श्रेयमा गायकसमेत रहेका उत्तमजंगको एकल शब्द तथा संगीत रहेको छ। युवा पुस्तामाझ लोकप्रिय रहेका गायक दीपकको एल्बममा एकल शब्द तथा संगीत गर्न पाउँदा खुसी लागेको उत्तमजंगले बताए। ‘म संगीत र गीत लेखनमा त्यति अनुभवी त होइन, तर दीपकजस्ता गायकको एल्बम गर्न पाउँदा एकदमै खुसी लागेको छ –उनको भनाइ थियो।

सार्वजनिक एल्बममा किन जाली माया, के सम्झ्यौ, घुम्टो उघारी तिम्रो, हाम्रो चिनजान र म रंग हुँ बोलका पाँच गीत संगृहित छन्। ती गीतमध्ये म रंग हुँ गीतलाई केही समयअघि नै भिडियोमा रिलिज गरिएको थियो। अन्य गीतको पनि चाँडै भिडियो ल्याउने गायक दीपकले जानकारी गराए। सुमधुर स्वरका धनी गायक लिम्बु नेपाल तारा घोषित भएपछि चर्चामा आएका थिए। उनी आधुनिक तथा फिल्मी गीत गायनको क्षेत्रमा लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्