समाचारपत्रकर्मी सम्मानित



काठमाडौं, (नेस)
पत्रकारिताको माध्यमले नेपालका मधेसीसहित सीमान्तकृत समुदायको उत्थानमा योगदान दिएको भन्दै नेपाल समाचारपत्रकर्मी वीपी साह अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्।

साहलाई इन्डियन जर्नालिस्ट कम्पेन्डियम र इकोनोमिक ग्रोथ सोसाइटीले शनिबार एक कार्यक्रमका बीच काठमाडौंमा सम्मानित गरेको हो। नेपाल–भारत मैत्री सम्बन्ध र आर्थिक विकासको विषयमा काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा साह सम्मानित भएका हुन्। वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारी र भारतीय सीबीआईका पूर्वनिर्देशक भिएन सेहगलले संयुक्त रूपमा साहलाई सम्मान गरेका थिए। साह विगत एक दशकदेखि पत्रकारितामा संलग्न छन्।

प्रतिक्रिया दिनुहोस्