कुनै बेला जेल पुगेका धनाढ्यहरू



दक्षिण कोरियाली कम्पनी सामसंग इलेक्ट्रोनिकका उत्तराधिकारी र कम्पनीका उपप्रमुख ली जे योंगलाई भ्रष्टाचारको मामिलामा गिरफ्तार गरियो। उनीमाथि कम्पनीको नीतिमा सहयोग पुर्याउन ४ करोड अमेरिकी डलर घूस दिएको आरोप छ। एकजना अर्बपति व्यापारीले जेल जानुपरेको यस्तो घटना विश्वमा पहिलो पटक भएको होइन। तर कोही एक दिनका लागि गए, कसैले वर्षौं जेलमा बिताउनुपर्यो। यहाँ जेलमा बस्नुपरेका केही अर्बपति व्यवसायीहरूको चर्चा गरिएको छ।

बिल गेट्स
विश्वका सबैभन्दा धनी व्यक्ति माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि जेलको कोठामा सुत्नुपरेको कुराले अच्चम्म परेको होला। एक अन्तरवार्ताका क्रममा बिल गेट्स आफैले उक्त घटना स्वीकार गरेका थिए। उनले आफू तीव्र गतिमा कुद्ने गाडीका सौखिन भएको बताएका थिए। सन् १९७८ मा माइक्रोसफ्ट न्यु मेक्सिकोको अल्बुक्वेक्र्व शहरमा हुँदा गेट्सले पोर्चे ९११ गाडी किनेका थिए र त्यसलाई उनी बेतोडले कुदाउँथे। त्यही कारण थियो, बिल गेट्ले जेल जानुपरेको। माइक्रोसफ्टका सहसंस्थापक पल एलेनले उनी पक्राउ परेको भोलिपल्टै उनको जमानत गराइएको थियो। गेट्सलाई तीनपटक तीव्र गतिका कारण ट्राफिकले टिकट पनि काटेका थिए। दुईपटक त उनलाई एउटै प्रहरीले समातेको थियो।

स्टिव जब्स
सन् १९८० मा डिपार्टमेन्ट अफ डिफेन्सको दस्तावेजबाट स्टिव जब्स पनि एकपटक गिफ्तारीमा परेको खुलासा भयो। सूचना प्राप्त गर्न पाउने अधिकारसम्बन्धी कानुनको मागका आधारमा वायर्ड मार्फत जब्सलाई सन् १९७५ मा गिरफ्तार गरिएको खुलासा भएको हो।

जब्सलाई अत्यन्त गोप्य सुरक्षा सफाइका क्रममा केही प्रश्न सोध्ने क्रममा उक्त कुरा बाहिर आएको हो। उनलाई करिब ५० डलर जरिवाना पनि लगाइएको थियो तर उनले जरिवाना तिर्न अस्वीकार गरेपछि पक्राउ गरिएको थियो।

रामलिङ राजु


सन् २०१५ मा सत्यम् घूसकाण्डमा भारतको सीबीआईको विशेष अदालतले सत्यम् कम्प्युटर्सका प्रमोटर रामलिंग राजुसहित सबै १० आरोपीलाई ७ वर्षको जेल सजाय सुनाएको थियो। यसबाहेक राजु र उनका भाइ रामा राजु दुवैलाई ५ करोड ५० लाख रुपियाँ पनि जरिवाना तिराइएको थियो। अदालतको फैसला आउनुअगाडि नै रामलिंग राजुले ३२ महिना जेलमा बिताइसकेका थिए।

भारतकै सबैभन्दा ठूलो लेखामा भएको घोटालाको खुलासा सन् २००९ जनवरी ७ मा भएको थियो। सन् २००८ डिसेम्बरमा सत्यम् कम्प्युटर्सका प्रमुख बी रामलिंग राजुको नेतृत्वमा रहेको कम्पनीको बोर्डले मेटास इन्फ्रा र मेटास प्रोपर्टिज नामका दुई कम्पनी अधिग्रहण गर्न अनुमति दिएको थियो। यी दुवै कम्पनी राजुले नै बनाएका थिए। त्यस घटनाले तानिएपछि सत्यम्मा भइरहेको बदमासी पनि अगाडि आयो। पछि रामलिंग राजुले सत्यमको एकाउन्टमा हेराफेरी गरी कयौं वर्षदेखि करोडौं रुपया हिनामिना गरेको पत्ता लागेको थियो। यस मामिलामा राजु र उनका भाइलाई आन्ध्र प्रदेश प्रहरीको अपराध जाँच विभागले सन् २००९ जनवरी ९ मा गिरफ्तार गरेको थियो।

रजत गुप्ता


रजत गुप्तालाई अमेरिकाको सबैभन्दा ठूलो भूमिगत व्यवसायको मामिलामा सजाय सुनाइएको थियो। उनलाई ग्यालियन हेज फन्डका संस्थापक राजारत्नमलाई कारोबारसँग सम्बन्धित गोपनीय सूचनाहरू पुर्याउने गरेको आरोपमा दोषी ठहर्याइएको थियो। १९ महिन जेलको बसाइपछि उनलाई रिहा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्