बच्चालाई हस्तमैथुनको बारे बताउने किताब विवाद



जाकार्ता, (एजेन्सी)
इन्डोनेसियामा बालबालिकाका लागि लेखिएको एउटा पुस्तक विवादमा आएको छ। पुस्तकमा बच्चालाई हस्तमैथुनको विषयमा बताइएको छ। उक्त किताबको एउटा च्याप्टरको शीर्षक छ, आफूलाई नियन्त्रणमा राख्नका लागि सिकौं। किताब फिता चक्राले लेखेको हो।

सोमबार सामाजिक सन्जालमा उक्त किताब व्यापक चर्चाको विषय बनेको छ। यौन शिक्षा अनलाइनमा तिखो बहसको विषय बनेको छ। यस बहसलाई लिएर बच्चाका मातापिताको आक्रोस पनि अगाडि आएको छ।

एक फेसबुक युजरले आफ्नो पोस्टमा लेखे– ‘आमाहरू आफनो बच्चाका लागि किताब किन्दा सावधान हुनु। किताबको विषयवस्तुको जाँच धेरैपटक गर्नु।
किताबको एउटा पाना अनलाइनमा धेरै सेयर गरिएको छ। यसमा ओछ्यानमा पल्टेका एक बच्चाले भनेको छ– मैले सिरानी आफ्नो खुट्टाले च्यापेको छु। मजाका लागि मैले आफ्नो शरीर तलमाथि चलाइरहेको छु। मलाई रमाइलो लागेको छ। मेरो धडकन बढिरहेको छ, तर म खुसी छु।

किताबको एउटा अर्को स्क्रिनसट पनि छ। यसमा बच्चाले भनिरहेको छ– ‘मैले मजालिन नयाँ खेल सिकेको छु। कहिलेकाहीं म आफनो हात पाइन्टभित्र छिराउँछु। म यस्तो पटक पटक गरिरहेको छु।
विश्वको सबैभन्दा धेरै मुसलमान आवादी भएको देश इन्डोनेसियामा सेक्सका विषयमा खुला कुरा गर्न बर्जित छ। मातापिता र बच्चाहरूका बीच पनि यस विषयमा धेरै खुलेर कुरा हुँदैन। यद्यपि बच्चाको यौन शिक्षाको महत््त््वलाई लिएर नागरिकहरूमा जागरुकता भने बढिरहेको छ।

यस प्रकारको सचेतताको प्रचार बच्चालाई यौन शोषणबाट बचाउनका लागि पनि बढिरहेको छ। ती सबैका बाबजुद इन्डोनेसियाली बाल संरक्षण आयोगले उक्त किताबमा ‘आफैमाथि नियन्त्रण राख्नु भन्ने च्याप्टर बच्चाका लागि नोक्सानदायी भएको र यसले बच्चा भड्किन सक्ने जनाएको छ।

यो किताबका प्रकाशक टिगा सेरांगकीले भने– ‘यो किताबको उद्देश्य बच्चाहरू यस्तो किन गर्छन् भन्ने बताउनु हो। हामी यो बताउन चाहन्छौं कि यो अनुचित हो र स्वास्थ्यका लागि राम्रो होइन। हाम्रो लक्ष्य अभिभावकलाई उनीहरूको बच्चा सम्भवतः यो प्रवृत्तिको लतमा परेको हुनसक्ने बताउनु हो। यो सबै मातापिताका लागि राम्रो हो र बच्चालाई यसबाट कसरी सावधान गर्ने। यद्यपि प्रकाशकले किताब गत वर्षको डिसेम्बरमै फिर्ता लिइसकेको थियो। नागरिक आफ्नो बच्चालाई यो उमेरमा यौन शिक्षाका बारेमा अवगत गराउन तयार थिएनन्। केही अनलाइन बुकस्टोर्समा अहिले पनि यो पुस्तक विक्री भइरहेको छ।

लेखिका फिता चक्राले बच्चाका लागि यस्तो धेरै किताब लेखिसकेका छन्। विशेष गरी उनले बच्चाका लागि भावनात्मक र शारीरिक विकासलाई लिएर किताब लेखेकी छिन्। उनले उक्त विवादपछि इन्स्टाग्राममा मानिसहरू एक दुई पानाको सन्दर्भलाई लिएर प्रश्न उठाइरहेकामा आफू दुःखी भएको बताए।

फिताले भने– ‘बच्चाहरूलाई यौन उत्पीडनबाट बचाउन सकियोस् भन्ने विषयलाई लिएर मेरो उद्देश्य बिल्कुल स्वच्छ थियो। यदि तपाईं पूरा किताब पढ्नुहुन्छ भने त्यसमा मातापितालाई धेरै सुझाव दिएको छ। वास्तवमा यो किताब अभिभावकका लागि मार्गदर्शन जस्तै हो। बाल तथा परिवार मनोविज्ञानविद् भेरा इटाबिलिआनाले बच्चाको प्रारम्भिक उमेरमा नै यौन शिक्षा दिन आवश्यक भएको तर उक्त किताब गलत व्यक्तिहरूले निसाना बनाइरहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्