कंगना प्रेमबाट आहत



बलिउड सुन्दरी कंगना रनावतले प्रेमको मामलामा धेरै धोका पाइसकेकी छिन् । उनको टुटेको प्रेमलाई हेर्ने हो भने धोकैधोकाको शृङ्खला भेटिन्छ ।

उनको नाम विभिन्न समयमा आदित्य पञ्चोली, अध्ययन सुमन, ऋतिक रोशनलगायतका बलिउडकै कलाकारसँग जोडेर आउने गरेको छ। जसका कारण उनको बदनाम भएको भारतीय सञ्चार माध्यमले चर्चा गरेका छन् । एकपछि अर्को प्रेम टुट्दै गएपछि कंगनाको दिल पनि दुख्यो। यसबाट उनलाई आहत त भयो नै, तर उनी छिट्टै त्यसबाट बाहिर आइन् ।

एक भारतीय अखबारलाई उनले बताएअनुसार उनी ती सम्बन्धबाट खुसी छिन्। किनभने यी सम्बन्धमा उनी आफ्नो तर्फबाट सय प्रतिशत इमान्दार थिइन् । तर जिन्दगी उनले सोचेजस्तो भएन र यो कुरा उनको हातमा पनि थिएन ।

कंगनाका अनुसार ब्रेकअपपछि उनका पँर्वप्रेमीहरुले फेरि सम्बन्ध जोड्ने कोसिस पनि गरेका थिए । तर उनैले फेरि त्यही बाटोमा फर्कन उचित सम्झिनन्। भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा कंगनाले बताएअनुसार उनलाई अभैm माया र विवाहमा विश्वास छ । उनको भनाइ छ कि उनी यस वर्षको अन्त्यसम्ममा विवाह गर्न पनि सक्छिन्। हाल उनी फिल्म रंगुनको रीलिजको तयारीमा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्