क्याम्पसका कर्मचारीलाई कुटपिट गरेपछि नेविसंघका नेता फरार



ललितपुर, (नेस)।
पाटन संयुक्त क्याम्पसमा नेविसंघका विद्यार्थी नेताहरुले क्याम्पसका एक कर्मचारीलाई आक्रमण गरी सख्त घाइते बनाएका छन् । क्याम्पस प्रशासनका अनुसार घाइते हुनेमा लाइबे्ररीका सुरक्षा गार्ड सानो कान्छा तामाङ हुन् ।

नेविसंघका इकाइ नेता तथा पाटन क्याम्पसका लागि स्ववियु सभापतिका दाबेदार समेत रहेका राजेश काफले र नेविसंघकै पाटन इकाइका कार्यबाहक अध्यक्ष रमेश राउत लगायतले तामाङलाई आक्रमण गरेका हुन् ।

लाईब्रेरी बन्द रहेको अबस्थामा आज शुक्रबार विहानै जबरजस्ती गेट खोल भन्दै तामाङलाई आक्रमण गरेको पाटन इकाइ कै अखिलका एक नेताले न्युजअफनेपाललाई जानकारी दिए ।

तामाङको पेटमा चिरिएको र अल्का अस्पतालमा उपचार गराइएको सो नेताले जानकारी दिए । आक्रमणमा संलग्न दुबै जना हाल फरार रहेको र तिनिहरुलाई कारबाहीको दायरामा ल्याउन क्याम्पस प्रशासन र विभिन्न विद्यार्थी संगठनबीच छलफल भैरहेको सो नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्