पल्सर एनएस १६० आयो



काठमाडौं, (नेस)
पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले हालै नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको छ।

नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई १६० दशमलब ३ सीसीको ओइल कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको कम्पनीले जनाएको छ। यो मोटरले १५ दशमलब ५ पिएएट दि रेट ८ हजार ५ सय आरपीएमको शक्ति तथा ६ हजार ५ सय आरपीएममा १४ दशमलब ६ एनएमको अधिकतम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ। यो बाइकमा न्यूनतम हेड फेयरिङ रहेकोछ, जसमा ५५ वाटको हेलोजिन हेडल्याम्प, नयाँ फ्युल फिलर क्याप, एनालग टुयाक्टोमिटरका साथमा डिजिटल इन्स्टुमेन्ट प्यानेल, निट्रोमोनो सक रियर सस्पेन्सन, सिल्भर फिनिस सेन्टर स्टे एन्ड रियर फुट रेस्ट, एयर डिफ्लेक्टिंग कोल, क्लियर लेन्स इन्डिकेटर राखिएको कम्पनीले जनाएको छ।
यसको पछाडिको भागमा, स्प्लिट एलईडी टेल ल्याम्प राखिएको छ। पल्सर एनएस १६० प्यासन रेड, पर्ल मेटालिक ह्वाइट र सापिरे ब्लू मिक्ड स्टेन ब्ल्याक रङमा बजारमा आएको छ। साथै यसको शुरुआती मूल्य २ लाख ५९ हजार ९ सय रुपियाँ रहेको छ।

हंसराज हुलासचन्द कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले भन्नुभयो–‘बजाजले बजारमा नेतृत्व लिनुको सबैभन्दा महत्त्वपूर्ण विषय भनेको यसको उच्चतहको उत्पादन डिजाइन तथा विशिष्ट इन्जिन प्रविधिमा ध्यान केन्द्रित गर्नु हो। यो पल्सर परिवारमा नयाँ हिस्सा हो, हामी फेरि यो क्षेत्रमा नयाँ कन्स्पेस्टका साथ अगाडि आएका छौं। हामी यो विश्वास्त छौं कि पल्सर एनएस १६० ले चालकको अपेक्षालाई पुरा गर्दै पावर टु प्ले भन्ने मुल मन्त्रलाई अंगिकार गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्