सुपर मोडल र मोडल कन्टेस्ट सँगै



राजधानीमा दुई थरी सौन्दर्य प्रतियोगिता एकसाथ हुने भएको छ। रिवन इन्टरटेनमेन्ट प्रालि र स्टार वन इन्टरटेनमेन्टले आगामी सोमबार राजधानीमा एकसाथ एकै मञ्चमा २ प्रतियोगिता आयोजना गर्न लागेको हो। रिवन इन्टरटेनमेन्टले देशभरका युवतीहरूलाई लक्षित गर्दै व्यावहारिक रूपमा परीक्षा लिएर सुपर मोडल कन्टेस्ट २०१७ आयोजना गर्न लागेको जनाएको छ भने स्टार वन इन्टरटेनमेन्टले सुपर मोडल कन्टेस्ट २०१७ गर्न लागेको हो। इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले प्रतियोगीलाई कम्पनीको विशेष ब्रान्डका रूपमा सम्पन्न गर्ने तथा प्रतियोगीहरूको मूल्यांकन व्यावहारिक परीक्षाको आधारमा गरिने बताए।

उनका अनुसार हरेक विधा वा उपउपाधिका लागि अन्तिम स्पर्धाअगाडि नै सम्बन्धित विज्ञबाट मूल्यांकन गरिनेछ र हरेक उपउपाधिका लागि कक्षाको भोलिपल्टै मूल्यांकन परीक्षा गरिनेछ। ‘ती विधाका विजेताको नाम भने अन्तिम स्पर्धाका दिन घोषणा गरिनेछ, प्रमुख उपाधि तथा फस्ट र सेकेन्ड रनर्सअपको चयन भने अन्तिम स्पर्धाकै दिन गरिनेछ’ –उनले भने। ५० प्रतिशत लिखित प्रश्नोत्तर र ५० प्रतिशत मोडलिङसम्बन्धी प्रयोगात्मक क्रियाकलापबाट विजेता चयन गरिने उनले जनाए। प्रतियोगितामा गौरव प्रभास, रमेश थापा, रिसुक सुवेदी, सुदेश सोन्जु श्रेष्ठ, अतित लामा, स्काइ थापा, राजु तमाङ, सुसांगा श्रेष्ठ, विशाल पुर्वाछाने, सन्देश महर्जन, जस्मिन श्रेष्ठ, एलिना चोखाल, अञ्जु क्षत्री, सरु सुवाल, करिष्मा राई, सुस्मिता थापा र रुस्वी प्रसार्इंले अन्तिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

त्यसै गरी मिस ग्लोब इन्टरनेसनलमा रविना खरबुजा, रिया सिंह श्रेष्ठ, अरूणा बराइली, सविता खड्का, देवी लामा, समृद्धि रेग्मी, रञ्जना डाँगी, मीना बासकोटा, सिजिगा भुसाल, सृष्टि श्रेष्ठ, सञ्जु न्यौपाने, आयुषा कार्की, स्वस्तिका मोक्तान, अञ्जली तिमल्सिना, अनिशा श्रेष्ठ, रञ्जिता चौलागार्इं र बबी श्रेष्ठले स्पर्धा गर्दै छन्। स्टार वन इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले प्रतियोगिताले प्रतियोगीहरूमा मित्रताको भावना विकास गर्न सघाउने विश्वास व्यक्त गरिन्।
दुवै प्रतियोगिताको ट्यालेन्ट उपाधिका लागि ट्यालेन्ट शो पनि राजधानीमा एकसाथ गरिएको छ। ट्यलोन्ट शोमा प्रतियोगीहरूले सांस्कृतिक र कलात्मक नृत्य, आधुनिक नृत्य, कराते काता, अभिनय र वक्तृत्वकला प्रदर्शन गरेका थिए। ट्यालेन्ट शोमा अभिनेता मनोज आरसी, मिसेस नेपाल इन्टरनेसनल २०१५ की सेकेन्ड रनर्सअप परी कल्पना राई, मिसेस नेपाल इन्टरनेसनल २०१६ की अनुपमा राई र इभेन्ट अर्गनाइजर लवबहादुर कार्की निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्