बिबर बलिउडमा



विश्व प्रसिद्ध गायक जस्टिन बिबरका साथ बलिउड कलाकारहरूले पनि धुम मचाउने भएका छन्। आगामी वैशाखमा मुम्बईस्थित डिवाय पार्टी प्यालेसमा जस्टिनका साथ बलिउड कलाकारको धमाका मच्चिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

म्युजिसियन तथा युथ आइकन जस्टिन बिबर आफ्नो बिबर परपज टुरअन्तर्गत मुम्बईमा पर्फमेन्स गर्दै छन्। जसमा बलिउड ग्ल्यामर पनि जोडिनेछ।

खबरअनुसार स्टुडेन्ट अफ द इयरको टिम वरुण धवन, सिद्धार्थ मलहोत्रा तथा आलिया भट्टले रमाइलो याक्ट प्रस्तुत गर्नेछन्। यस याक्टको बारेमा धेरै विवरण दिइएको त छैन, तर यी कलाकारलाई पनि आफ्नो भूमिकाका बारेमा चुप रहन भनिएको छ। सम्भव छ कि यी तीनै जनाले डान्सको अलावा अरू पनि केही गर्नेछन्। वरुण धवनले भनेका छन् कि उनी बिबरको फ्यान हुन् र कन्सर्टमा सहभागी हुनेछन्। टुरसँग जोडिएको सूत्रलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार कन्सर्टमा बलिउडका एकसे एक सेलिब्र्रेटी पनि जोडिनेछन्। जस्टिन बिबरले आफ्नो बेबी र ब्याइपे्रmन्ड बोलको गीतलाई पर्फमेन्स गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्