हाते ट्र्याक्टर सञ्चालनमा रोक



पोखरा, १२ फागुन । यातायात व्यवस्थापन समितिले स्थानीय अमरसिंहचोकदेखि सिर्जनाचोक र नालामुखदेखि विरौटाचोकसम्मको सडकमा यही फागुन १८ गतेदेखि हाते ट्र्याक्टर संचालनमा रोक लगाउने निर्णय गरेकोछ ।

ती सडकमा विस्तारै चल्ने गाडीले गर्दा ट्राफिक जाम भई सवारी साधन आवागमनमा बाधा पारेकाले बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म हाते ट्र्याक्टर चल्न निषेध गरिएको कास्की जिल्ला ट्राफिक कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्