स्वर्ण स्कुलको २१औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं, (नेस)
स्वर्ण इंग्लिस स्कुलको २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवं अस्वीकृत विचार साहित्य सम्मान कार्यक्रम २०७३ फागुन ७ गते संस्कृतिविद् तथा वरिष्ठ साहित्यकार सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा प्रस्तुति पुरस्कार वितरणलगायतका कार्यक्रमहरु भएका थिए। कार्यक्रममा संस्कृतिविद् तथा वरिष्ठ साहित्यकार जोशीले बालबालिकालाई साहित्यिक कार्यक्रमहरुमा पनि जोड दिनुपर्ने बताउनुभयो। त्यसै गरी कार्यक्रमका विशेष अतिथि सिक्किम विश्वविद्यालयका नेपाली विभाग प्रमुख प्राडा कविता लामाजुले आफूले पाउनुभएको अस्वीकृत विचार साहित्य सम्मानले स्रस्टाहरुको मनोबल बढाउने बताउनुभयो। स्वर्ण शिक्षा स्कुलले साहित्यिक कार्यक्रमहरुमा पनि विद्यार्थीहरुलाई प्रोत्साहन गरेको बताउनुभयो।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ साहित्यकारहरु केदार शाक्य, शैलेन्दुप्रकाश श्रेष्ठ, अमर प्रधान, रामदेव पाण्डे, अस्वीकृत विचार साहित्य सम्मानका संस्थापक प्राडा कविताराम श्रेष्ठलगायतको उपस्थितिमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर श्रेष्ठले विद्यालयको गतिविधिको बारेमा बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्