सुरक्षा निकायमा ब्यापक सरुवा



काठमाडौ,(नेस) । सरकारले स्थानीय निकायको निर्वाचनको घोषणा गरेपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ब्यापक सरुवा गरेको छ ।
निर्वाचन आयोगले आचार संहिता जारी गर्ने घोषणा गरेसंगै मन्त्रालयले दुवै संगठनका उच्च अधिकारीको सरुवा गरेको हो ।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षकहरु बमबहादुर भण्डारीलाई महानगरीय कार्यालय रानीपोखरी, पंकज श्रेष्ठ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, मिङमार लामा महानगरीय ट्राफिक प्रहरी महाशाखा, कमलसिंह बम अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पशुपति उपाध्याय प्रहरी प्रधान कार्यालय, गणेश केसी मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडा र रमेश भट्टराई पूर्व क्षेत्र प्रहरी कार्यालयमा सरुवा गरेको छ ।
त्यस्तै प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय, देवेन्द्र सुवेदीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, बिजयलाल कायस्थ मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत,मधुप्रसाद पुडासैनी पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, माधवप्रसाद जोशी प्रहरी प्रधान कार्यालय,केसरीराज घिमिरे प्रहरी प्रधान कार्यालय,माधवप्रसाद नेपाल प्रहरी प्रधान कार्यालय, हेमन्तबहादुर पाल प्रहरी प्रधान कार्यालय बिषेश ब्युरो,गोविन्दप्रसाद निरौला प्रहरी प्रधान कार्यालय, रोमेन्द्रसिंह देउजा सुदुरपश्चिम क्षत्रीय कार्यालय दिपायल,बिजयकुमार भट्ट प्रहरी प्रधान कार्यालय र सुदिप आर्चाय राष्ट्रिय सुरक्षा परिषदको कार्यालय सिंह दरवारमा सरुवा भएको छ ।
त्यसै गरी मन्त्रालयले सशस्त्र प्रहरी बलका डिआईजीहरु दिवाकर केसी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय, जानकीराज भट्टराई बराह बाहिनी पूर्व क्षेत्र, निराक्रमबिक्रम राणा सशस्त्र प्रहरी महानगरीय आयुक्तको कार्यालय बलम्वु, सुबोध अधिकारी मुक्तिनाथ बाहिनी पोखरा, खडानन्द चौधरी मद्धती सेवा निर्देशनालय, नरेन्द्रकमार सिंह रुद्र बाहिनी पथलैया, सुरज श्रेष्ठ कार्य बिभाग, अरबिन्द्र धिताल मुख्यालय,राजेश श्रेष्ठअन्वेशण तथा बिकास निर्देशनालय रहेका छन ।
त्यसैगरी बाबुराम पाण्डे ब्यावसायीक तथा गुणस्तर निर्देशनालय, खड्कबहादुर राई बैधनाथ बाहिनी दिपायल, बसन्तकुमार बानिया महेश्वरी बाहिनी सुर्खेत र मन्दिप श्रेष्ठ प्रहरी प्रशिक्षण प्रतिष्ठान माततीर्थ सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्