भूकम्पपीडित रामप्यारी भन्नुहुन्छ्, टहराको बास कहिलेसम्म ?



कुन्ताकी भूकम्पपीडित अहिले पनि पालले बेरिएको छाप्रोमा जीवनयापन गर्दै काभ्रे महादेवस्थान कुन्ताकी भूकम्पपीडित छोरीको साथमा । तस्बिर ः मीना घोरसाइने, काभ्रे, रासस

काभ्रे, ११ फागुन । महादेवस्थान नगरपालिका– ७ कुन्ताका रामप्यारी राई दनुवारले भूकम्पपछि ऋण गरेर श्रीमान्को मुटुको शल्यक्रिया गराउनुभयो । भूकम्पबाट घाइते सासूको उपचार जारी छ । भएको सम्पत्ति श्रीमान् र सासूको उपचारमा सकिएपछि उहाँले अहिलेसम्म घर निर्माण गर्न सक्नुभएको छैन ।

रामप्यारीका श्रीमान् हीरा पहिलेदेखि नै मुटुका रोगी हुनुहुन्थ्यो । उहाँका सासूलाई बाथ रोगका कारण बाहिरभित्र गर्न बैसाखीको सहारा चाहिन्छ । त्यसैले घरको सम्पूर्ण जिम्मेवारी रामप्यारीको काँधमा छ ।

“जेठी छोरी अपाङ्ग भएका कारण घरमै थन्किएकी छिन, छोरा र छोरी पढाउने जिम्मेवारी पनि मेरै काँधमा छ,” उहाँले पीडा सुनाउनुभयो । भूकम्पपछि उहाँको घर पूर्णरुपमा क्षति भइसकेको छ । सासूले आँखा देख्न नसक्ने भएपछि उहाँ आफैँंले डोहो¥याएर भित्रबाहिर गराउँदै आउनुभएको छ ।

“टहरामा निकै चिसो हुन्छ, रातभर लगलग कामेर बस्छु,” रामप्यारीका सासूले भन्नुभयो– “टहराको बास कहिलेसम्म रु” बुहारीले ऋण गरेर ल्याएको पालले बेरिएको टहरामा बस्दै आएको उहाँ बताउनुहुन्छ । “सासूकै इच्छा पुरा गर्न नयाँ घर निर्माण गर्ने योजना बनाएका छौँ,” रामप्यारीले भन्नुभयो ।

सरकारले उपलब्ध गराएको रु ५० हजारले नयाँ घर बनाउन सम्भव छैन । जग्गा धितो राखेर ऋण निकाल्न खोजेपनि नपाएपछि उहाँको नयाँ घर निर्माण गर्ने योजना अधुरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्