रसुवामा ४ सय कन्टेनर पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल निमार्ण सुरु



रसुवा, फागुन ११

रसुवामा मालवाहक कन्टेनर पार्किङका लागि पार्किङस्थल निमार्ण सुरु गरिएको छ । जिल्लामा पार्किङस्थलको अभावमा सडकमा जताततै कन्टेनर रोकिदा सवारी दुर्घटना तथा असुरक्षा बढेपछि पार्किङस्थल निमार्ण थालिएको हो ।

सदरमुकाम धुन्चेको रुद्रगंगा क्षेत्रमा तीन सय वटा र टिमुरेको तातोपानी क्षेत्रमा निमार्ण भैरहेको पार्किङस्थलमा एक सय वटा कन्टेनर पार्किङ गर्न सकिनेछ ।

जिल्लामा सञ्चालित नौ वटा कन्टेनर व्यवसायी संघको सहयोगमा निमार्ण भैरहको पार्किङस्थल ग्याल्वो ल्होसारदेखि सञ्चालनमा आउने व्यवस्थापक सन्जिव डिएमले वताउनुभयो ।

पार्किङस्थल निमार्णले जिल्लामा पार्किङस्थलको अभावमा नुवाकोटमा नै रोकिनुपर्ने वाध्यता हट्नुका साथै मेसबाट जथाभावी शुल्क उठाएर ठगिदै आएकामा व्यवसायी ठगिनबाट जोगिने व्यवस्थापक डिएमले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्