सिंहदरबारको निर्णय



सिंहदरबार चाहिने नचाहिने निर्णय गर्छ। उसले गरेको निर्णय लागू भए यो देश स्वर्ग नै हुने थियो कि भन्ने धरहरालाई लागि रहेको छ। सरकारले मुलुकमा प्लास्टिक मुक्त क्षेत्र घोषणा गरेको पनि झन्डै २ वर्ष हुन लाग्यो तर त्यो जनताले त कार्यान्वयन गरेनन् सिंहदरबारले पनि कार्यान्वयन नगरेको देख्दा धरहराको मन कुँडिएको छ।

मुलुकको विकासका लागि योजना बनाउने राष्ट्रिय योजना आयोगले नै सरकारको निर्णयको धोती लगाएको देख्दा यो देशमा के हुन लागेको होला भन्ने धरहरालाई परेको छ। सिंहदरबारभित्र प्लास्टिक प्रतिबन्ध लगाएको भए पनि योजना आयोगका पदाधिकारी तथा कर्मचारी भने खुलेआमरूपमा प्लास्टिकका झोलामा खाजा बोकेर कार्यालय जाने र खाजा खाएपछि प्लास्टिकका झोला भm्यालबाट बाहिर फ्याँक्ने गरेको देखेपछि धरहरा जिल्ल पर्यो भन्या। यो नियमचाहिँ योजना आयोगलाई लाग्दो रहेनछ कि भन्ने शंका धरहरालाई परेको छ। सरकारको निर्णय नै कार्यान्वयन नगराउने आयोगले बनाएका योजना यो देशमा कति लागू होला र जनताले विकासको अनुभूति गर्लान् भन्ने शंका धरहरालाई पैदा भएको छ। पाठकवृन्दलाई चाहिँ कस्तो लागेको छ कुन्नि ?

प्रतिक्रिया दिनुहोस्