सुर्खेतका खमानसिंह मृत फेला



बनेपा, १० फागुन । काभ्रेपलाञ्चोकको रविओपी गाविसमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेत जिल्लाका गुम्दी– ८ बस्ने ३५ वर्षीय खमानसिंह घर्ती मृत अवस्थामा फेला परेको काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

उनको शव तीन दिन अघिको भएको बताइएको छ । सुर्खेतबाट केही दिनअघि सिन्धुपाल्चोकमा आफ्नो जेठी सासू भेटन हिँडेका घर्तीको मानसिक सन्तुलन पनि ठिक नभएको प्रहरीको अनुमान छ ।

घटनाको विस्तृत अनुसन्धान गरेपछि वास्तविकता जानकारी हुन्छ प्रनाउ राईले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्