एनएलजी इन्स्योरेन्सद्वारा छात्रावृत्ति प्रदान



काठमाडौं (नेस)
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो वर्षको एसएलसी परीक्षामा कर्णाली अञ्चलका सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक प्राप्त गर्ने दुई छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ। कम्पनीले हुम्लाको मन्धरा माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्ने दुई छात्रा ज्वाला शाही र रविना शाहीलाई जनही ५० हजार रुपियाँ छात्रवृत्ति प्रदान गरेको हो।

गत वर्षको परीक्षामा रविना र ज्वालाले ग्रेडिङ प्रणालीअनुसार ३ दशमलब ८ जीपीए प्राप्त गरेका थिए। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत २०७० सालदेखि कर्णाली अञ्चलको सामुदायिक विद्यालयबाट एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई एक लाख राशीको एनएलजी छात्रवृत्ति प्रदान गर्दै आएको छ। एनएलजी इन्स्योरेन्स कम्पनीले देशभर २९ वटा शाखा र २ सय ४४ वटा अभिकर्तामार्फत् सेवा दिँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्