अफरीदीको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास



लन्डन, (एजेन्सी)
पाकिस्तानका अलराउन्डर शाहिद अफरीदीले सोमबार संन्यास लिने घोषणा गरेलगतै उनको खेलाडी जीवनमा पूर्णबिराम लागेको छ। पटकपटक संन्यास घोषणा गर्ने र फेरि संन्यास फिर्ता लिने अफरीदीले अहिले टी–२० फरम्याटबाट संन्यास लिएका हुन्। यसअघि सबैभन्दा पहिले उनले सन् २०१० मा टेस्ट क्रिकेट नखेल्ने घोषणा गरेका थिए। त्यसपछि सन् २०१५ मा उनले वानडे क्रिकेटलाई विश्राम दिएको निर्णय लिएका थिए।

संन्यास लिए पनि अफरीदीले वानडेमा पटकपटक खेल्ने गरेका थिए। उनका समर्थकले उनी फेरि मैदानमा उत्रने आशा गरेका छन्। अफरीदीले टी–२० मा १५०.७५ औसतको स्ट्राइक रेट राखेका छन्। जुन तथ्यांकले उनी टी–२० का लागि उपयुक्त खेलाडी रहेको साबित गर्छ।

पाकिस्तान सुपर लिगको खेलपछि उनले भने– ‘मैले अन्तर्राष्ट्रिय क्रिकेटलाई अलबिदा भनेको छु। मैले आफ्ना समर्थकका लागि खेलिरहेको छु। अर्को दुई वर्षसम्म यो लिग खेलिरहनेछु। तर अन्तर्राष्ट्रिय क्रिकेटलाई छोडिदिएको छु। मेरो फाउन्डेशन आवश्यक छ। मैले देशका लागि पूरै समर्पित भएर र व्यावसायिक तरिकाले खेलेको छु।

अफरीदीले अन्तिम टेस्ट वर्ष २०१० मा खेलेका थिए। २०१५ विश्वकपपछि वानडेबाट उनले संन्यास लिएका थिए। वर्ष २०१६ मा सम्पन्न टी–२० विश्वकपपछि उनले टी–२० कप्तानीबाट राजीनामा दिएका थिए। त्यसपछि उनले पाकिस्तानी टिममा सामेल हुन सकिरहेका थिएनन्।

अफरीदीको निर्णय यस्तो छ कि संन्यास लिएलगतै सोही वर्ष संन्यास फिर्ता लिने अचम्मको बानी रहेको छ। १९९६ मा डेब्यु गरेका अफरीदीले सन् २०११ मा संन्यास लिए। पछि सोही वर्ष संन्यास फिर्ता लिएका थिए। यो क्रम सन् २०१४ र २०१६ का वर्षमा पनि जारी रहेको थियो।

प्रतिक्रिया दिनुहोस्