मल्पी र जेम्स च्याम्पियन



काठमाडौं, (नेस)
मल्पी र जेम्सले छैटौं एस कप अन्तर ए लेभल बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन्। डिफेन्डिङ च्याम्पियन मल्पीले ब्वाइजतर्फ उपाधि रक्षा गर्यो भने जेम्स गल्र्समा पहिलो भयो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको ब्वाइज फाइनलमा मल्पीले साइपाललाई ८८–४७ ले पराजित गर्यो। मल्पीका वाङगेल गुरुङले ३३ अंक जोडे। गल्र्सको फाइनलमा जेम्सले डिफेन्डिङ च्याम्पियन मल्पीलाई ५०–४३ ले हरायो। जेम्सको जितमा साम्राज्ञी रायमाझीले ३२ स्कोर गरिन्। ब्वाइजमा मल्पीका कर्मा सोनाम गुरुङ र गल्र्समा जेम्सकी साम्राज्ञी रायमाझी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

प्रतिक्रिया दिनुहोस्