व्यवसायिक काउली उत्पादनबाट १२ लाख आम्दानी



रसुवा, फागुन ९ – जिल्लाको तल्लो भागमा पर्ने तीन वटा गाविसका कृषकले व्यवसायिक काउली खेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन् ।

जिल्लाको धैबुङ, भोर्ले र लहरेपौवाका एक सय १६ परिवार कृषकले ३२ हजार ६०१ किलो काउली विक्रिबाट १२ लाख ८ हजार ७७७ रुपँया आम्दानी गरेका छन् । भुकम्प पछिका दिनमा काउली उत्पादनको कारण जिविकोपार्जनमा सहयोग पुगेको कृषकले वताएका छन् ।

 

धैवुङ–२ का खुवा प्रसाद न्यौपानेले १८ सय किलो काउली उत्पादनबाट ७२ आम्दानी लिन सफल हुनुभएको छ । न्यौपानेका अनुसार जिल्लामा उत्पादन भएको काउली जिल्लाको धुन्चे, कालिकास्थान, स्याफ्रु, वेत्रावती, टिमुरको साथै नुवाकोटको त्रिसुलीमा समेत विक्रि हुने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र मार्फत किसानलाई दिगो जिविकोपार्जनमा उत्प्रेरित गर्दै नियमित खेतीका लागि सहयोग गरिएको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्