वृद्ध मुगावे अवकाश लिन अनिच्छुक



हरारे, (एजेन्सी)
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे मंगलबार ९३ वर्ष पुग्ने भएका छन्। तर उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले राजनीतिक शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन्।

उनले एक रेडियो स्टेसनलाई दिएको अन्तर्वार्तामा पदत्याग गर्ने माग आफ्नो पार्टी, पार्टीको महासभा तथा केन्द्रीय समितिबाट आउनुपर्ने पनि बताएका छन्। यो अन्तर्वार्ता यसै साता प्रसारण हुनेछ भने त्यसको केही अंश सरकारी मुखपत्र सनडे मेलमा प्रकाशित भएको छ।

उनले यस विषयमा नकारात्मक अवस्था देखिएको र पार्टीका संयन्त्रले अझै आफू निर्वाचनमा उम्मेदवार बनोस् भन्ने चाहेको जनाएका छन्। उनले अधिकांश जनताले आफ्नो प्रतिस्थापक भएको अनुभव नगरेको तथा आफूले पनि आफ्नो स्वीकार्य प्रतिस्थापक नदेखेको बताएका छन्। सन् १९८० मा जिम्बाबे स्वतन्त्र हुँदादेखि सत्तामा रहेका मुगाबेले कमजोर स्वास्थ्यको समस्याका बाबजुद पनि पदत्याग गर्न अस्वीकार गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्