सीतापाइला टिम विजेता



काठमाडौं, (नेस)
सीतापाइला स्कुलले सातौं राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराते प्रतियोगिताको उपाधि शनिबार १० स्वर्ण, ७ रजत र ५ कांस्यसाथ जितेको छ। आयोजक शिशु निकुञ्ज उमावि ८ स्वर्ण, ६ रजत र ५ कांस्यसहित दोस्रो भयो। ४ स्वर्ण, ८ रजत र १० कांस्य जितेको कान्तिपुर एकेडेमीले तेस्रो स्थानमा चित्त बुझायो।

नेपाल सोतोकान कराते डो संघको वार्षिक कार्यक्रमअनुसार आयोजित प्रतियोगिताको पुरुषमा सीतापाइलाका प्रदीप राई तथा महिलामा शिशु निकुञ्जकी कुसुम तामाङ उत्कृष्ट खेलाडी चुनिए। सो अवसरमा सोतोकान कराते संघले शिशु निकुञ्जलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो। दुईदिने प्रतियोगितामा विभिन्न १५ विद्यालयका ४ सय खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्