हाइली क्रिएटिभलाई उपाधि



हाइली क्रिएटिभ स्कुलले सी ड्रिबल्स कप अन्तरविद्यालय छात्रा नकआउट फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ। डी एकेडेमीको आयोजनामा चावहिलको गणेशथान चौरमा भएको फाइनलमा हाइली क्रिएटिभले छहारी शिक्षा सदनलाई ३–१ गोलले पराजित ग¥यो। विजयी टिमका लागि गरिमा राईले २ र अमिशा कार्कीले १ गोल गरे। छहारीकी स्विटी लामाले सान्त्वना गोल गरिन्।

हाइली क्रिएटिभकी अमिशा कार्की उत्कृष्ट खेलाडी घोषित भइन्। प्रतियोगिताभर ६ गोल गरेकी छहारीकी प्रीति राई सर्वाधिक गोलकर्ता बनिन्। चारदिने नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्