पाथीभरा भलिबलको उपाधि पुलिसलाई



ताप्लेजुङमा शनिबार सम्पन्न दोस्रो राष्ट्रिय पाथीभरा भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ।

राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा पुलिसले ११ अंकसहित उपाधि चुमेको हो। त्यस्तै १० अंकसहित त्रिभुवन आर्मि क्लबले उपविजेतामा चित्त बुझाएको छ। हिजो भएको निकै प्रतिस्पर्धात्मक अन्तिम खेलमा १९–२५, १५–२५, २५–२०, २५–२२ र १५–११ को स्कोरमा ३–२ को सेटले पुलिसले आर्मीलाई हराएको थियो।

यस्तै सशस्त्र प्रहरीको एपीएफले ६ अंक जोड्दै तेस्रो बन्यो भने पूर्वाञ्चलले २ अंकका साथ चौथो स्थानमा चित्त बुझाएको छ। एपीएफले तेस्रो स्थान पक्का गर्न पूर्वाञ्चललाई २५–१३, २५–१८ र २५–८ को सोझो सेटमा हराएको थियो। मध्यमाञ्चल भने एक अंकमै सीमित बन्दै पा“च टोली सहभागी प्रतियोगितामा अन्तिममा र≈यो।

प्रतियोगिताका विजेता टोलीले तीन लाख ३० हजार, उपविजेताले १ लाख ६५ हजार र तेस्रो र चौथो हुने टिमले समान ३५÷३५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै प्रतियोगितामा पुलिसका स्पाईकर कुलबहादुर थापा सर्वोकृष्ट खेलाडि चुनिए। उनले नगद १० हजार प्राप्त गरे। विधागततर्फ उत्कृष्ट स्पाइकर पुलिसका चन्द्रवहादुर कुव“र, उत्कृष्ट सेटर पुलिसका इम रानामगर, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्स आर्मीका इश्वर थापामगर र उत्कृष्ट सर्भर आर्मीका हरिहजुर थापा चुनिए। उनीहरूले जनही पा“च हजार नगद प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्