दूध दिन छोडेपछि मासु



कविराज नेपाल, पाल्पा
दूध दिउन्जेल स्याहार सुसार र दानापानी दियो, जब दूध दिन छाड्छ अनि बेच्यो। दूधमा पनि आम्दानी मासुमा पनि केही वर्षयता पाल्पालीहरूले अपनाउ“दै आएको भैंसी व्यापारको शैली हो। पहिले–पहिले थारा (दूध नदिने) भैंसी बेच्न गाह्रो हुन्थ्यो। नब्याएमा ५÷७ वर्षसम्म पनि किसानले ब्याउला कि भन्दै रा“गो लगाउ“दै राख्थे। अहिले त्यस्तो छैन कतिसम्म भने दूध थोरै दिन थालेपछि वा दिन छाडेकै भोलिपल्टै किसान भैंसी घरमा नराख्ने अवस्थामा छन्।

अवैध रूपमा स्थानीय जातका भैंसीको ओसारपसार र किनबेच हुन थालेपछि पाल्पा जिल्लामा स्थानीय जातका भैंसी लोप हुन थालेको छ। दूधका लागि भैंसी पालन हुने भए पनि यहा“ मासुका लागि भैंसीको प्रयोग बढेपछि विगत ६÷७ वर्षको अवधिमा पाल्पामा भंैसीको मूल्य ५ गुणाले वृद्धि भएको छ। ५ वर्ष अघि दुहुनो लैनो भैंसी २० देखि २५ हजार खरिद बिक्री भए पनि हाल आएर १ लाखदेखि १ लाख २५ हजारसम्म पर्न थालेको छ। तैपनि खोजेको बेला भेंैसी नपाइने अवस्था सिर्जना हुन थालेको छ।

सरकारले स्त्री चौपायालाई समेत वध गर्न पाइने गरी ऐन नियम ल्याएपछि भंैसीको मूल्य आकासिएको हो। दूधभन्दा मासुमा भंैसीको प्रयोग अत्याधिक बढेकाले स्थानीय जातका भैंसीहरू लोप ह“ुदै गएका छन्। अहिले गाउ“घरमा समेत भैंसीको संख्या न्यून हु“दै गएको छ। सदरमुकाम तानसेनमा मात्र नभई पाल्पाको भैंसी काठमाडौ, पोखरालगायतका शहरमा दैनिक जसो निर्यात हु“दै आएकाले भंैसीको संख्या कमि भएपछि मूल्य दिनह“ु बढ्दै गएको जानकारवाला बताउ“छन्। जिल्लाको पूर्वी भेगबाट पोखरा र पश्चिमबाट अन्यत्र यसरी भंैसीको निकासी हुने गरेको छ। भंैसीलाई पहिले किनेर कुनै स्थानमा संकलन गर्ने ट्याक्टर ट्रकमा हालेर ओसारपसार गर्ने गरिएको छ। ठूला शहरी क्षेत्रमा मात्र नभई सदरमुकाम तानसेनमा खपत हुने मासुमध्ये ९० प्रतिशत भंैसीको मासुले बजार लिएको छ। बजारमा मासुको माग वृद्धिको कारण दूधका लागि पालिएका भैंसी दूध कम दिन थालेपछि ३० देखि ४० हजारसम्ममा खरिद गर्न व्यापारी किसानको घरगोठमै पुग्ने गरेका छन। थारा, दूध नदिने भैंसीको मुल्य वृद्धिसं“गै दुहुनो लैनो भैंसी किन्दा १ लाख रुपिया“भन्दा बढी लाग्ने अर्गलीका किसान विष्णु गैरेले बताउनुभयो।

तानसेनमा मासु व्यापारीले गाउ“–गाउ“मा भैंसी खरिद गर्ने दलालीमार्फत प्रजननका लागि योग्य मानिएका थोरे पाडी, दुधालु भैंसीको अभावमा लैनो भैंसीसमेत मासुको लागि प्रयोग ह“ुदै आएको छ। भंैसीको संख्या दिनहु“ कम ह“ुदै गएपछि व्यापारीले जस्तोसुकै भंैसी भए पनि मासुको प्रयोजनको लागि खरिद गर्दै आएका छन्। जसको कारणमा गाउ“मा पछिल्ला पा“च वर्षयता भंैसीको संख्या अत्याधिक घटेको र गाईको संख्यामा वृद्धि ह“ुदै गएको छ।

प्रतिक्रिया दिनुहोस्