तरकारी बजार तीन स्थानमा विस्तार हुदै



हेमन्त जोशी, काठमाडौं
कालीमाटी फलफूल तथा तरकारी बजार दुई वर्षभित्र थप तीन स्थानमा विस्तार हुने भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलका अनुसार समितिले काठमाडौंको चोभार, बालाजु र धादिङको नौबिसेमा आधुनिक र व्यवस्थित बजार निर्माण गर्न लागेको हो।

कालीमाटी फलफूल तथा तरकारी बजारले उपभोक्ताको चापलाई धान्न नसक्ने भएको तथा उपभोक्ता र व्यवसायीको सहजतालाई ध्यानमा राख्दै शाखा विस्तार गर्न लागेको समितिका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो। नेपाल समाचारपत्रस“ग कुरा गर्दै पौडेलले भन्नुभयो–‘शाखा विस्तारको कार्यलाई अघि बढाउन चोभारको टेण्डर स्वीकृत भई निर्माण कार्यलाई तिव्रता दिइएको छ भने धादिङको नौबिसेमा बजारमा आगामी आर्थिक वर्षमा बजेट मागका लागि प्रस्तावना आ≈वान गरिएको छ।’ बालाजुमा रहेको मत्स्य विकास निर्देशनालयको जग्गामा आधुनिक कृषि बजार विस्तारका लागि निर्देशनालयस“ग छलफल जारी रहेको पौडेलले बताउनुभयो। मत्स्य अनुसन्धान केन्द्रलाई तराईको क्षेत्रमा स्थानान्तरण गरेर मत्स्य तथा कृषि बजार निर्माण गर्ने तयारी भएको उहा“को भनाइ छ।

विभिन्न ठाउ“मा आधुनिक र व्यवस्थित कृषि बजार स्थापना गर्दा कालीमाटी फलफूल तथा तरकारी बजारमा चाप कम हुने र व्यवसायी तथा ग्राहक दुवै लाभान्वित हुने भएकाले शाखा विस्तारलाई जोड दिइएको पौडेलले बताउनुभयो। सबै बजार आगामी आर्थिक वर्षको अन्तिमसम्म निर्माण भइसक्ने गरी योजना बनाइएको समितिले जनाएको छ।
कृषि बजारको पहिचान र विशेषता कायम गर्न चोभारमा फलफूल तथा पुष्पमा केन्द्रित हुनेछ। बालाजुमा मत्स्य तथा कृषि व्यवसायमा केन्द्रित हुनेछ। यसैगरी धादिङको नौबिसेमा कृिष बजार निर्माणका लागि योजना निर्माण गरिएको पौडेलले बताउनुभयो। नौबिसेमा सरकारी स्वामित्व रहेको साढे चार रोपनी जग्गामा आगामी आर्थिक वर्ष २०७४÷७५ भित्रै बजार निर्माण पूरा गर्ने समितिको लक्ष्य छ। चोभारमा कुल ३७ करोड रुपिया“को लागतमा बजारको भौतिक संरचना निर्माणको क्रममा रहेको छ। २३ रोपनी सरकारी जग्गामा निर्माण हुन लागेको बजार अबको एक वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ। बाहिरी चक्रपथ निर्माणस“गै बजार पनि विस्तार हुने भएकाले चोभारमा निर्माण भए पनि व्यवसायी र ग्राहकलाई समस्या नपर्ने कार्यकारी निर्देशक पौडेलले बताउनुभयो।

कालीमाटी बजारमा स्थान अभाव हु“दा उपभोक्ता र बिक्रेतालाई अप्ठ्यारो हु“दै आएको छ। पौडेलका अनुसार कालीमाटी फलफुल तथा तरकारी बजारको पनि आन्तरिक व्यवस्थापन गर्ने तयारीमा समिति लागेको छ। करिब दुई दशक अघि निर्माण भएको भौतिक संरचनाले दैनिकजसो बढिरहेका व्यवसायी र ग्राहकलाई धान्न मुश्किल हु“दै आएको छ। कालीमाटी तरकारी बजारको भौतिक संरचनालाई अब एकीकृतरूपमा पुनर्निर्माण गरिने पौडेलले जानकारी दिनुभयो। यस्तै समय अनुकुल विभिन्न ठाउ“मा भौतिक पूर्वाधारको अध्ययन र निर्माण कार्यलाई अघि बढाइएको पौडेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्