स्यस्यः समाज ललितपुरको साधारण सभा सम्पन्न



लितपुर, (नेस)

स्यस्यः समाज, ललितपुरको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ। समाजका अध्यक्ष डा. केदारलाल श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त साधारण सभामा बोल्नुहु“दै अध्यक्ष श्रेष्ठले सा“स्कृतिक सम्पदाको संरक्षण, संस्कृति, रीतिरिवाजको संरक्षण तथा सदस्यहरूको आर्थिक तथा सामाजिकस्तर वृद्धि गर्ने कार्यमा समाज अग्रसर रह“दै आइरहेको बताउनुभयो।

समाजका महासचिव उत्तमलाल श्रेष्ठले सदस्यहरूलाई चेतनशील एवं गतिशील तुल्याउन समाजले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्नुभयो। त्यस्तै केन्द्रीय प्रतिनिधि नरसिंह लाल चखू“ले समाजले सदस्यहरूको समस्यालाई पहिचान गर्दै वैयक्तिक विकासको मार्ग पहिल्याउनुपर्ने धारणा राख्नुभयो।

समारोहमा उपाध्यक्ष किरणमान प्रधान, कोषाध्यक्ष मनमैया मूल्मी र पूर्णचण्डी इलाका अध्यक्ष अशोक श्रेष्ठले पनि समाजको गतिविधिबारे आ–आफनो धारणा राख्नुभएको थियो। साथै सोही सभाले नया“ कार्यसमितिको चयन पनि गरेको छ।

नया“ कार्यसमितिका पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यषमा क्रमशः उत्तमलाल श्रेष्ठ, किरणमान प्रधान, सुर्वणमान अमात्य र मनमैया“ मूल्मी चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा शर्मिला श्रेष्ठ जोशी, बद्रीलक्ष्मी श्रेष्ठ, मण्टेश्वरी राजभण्डारी, रामकृष्ण श्रेष्ठ, सुधालाल मूल्मी, विजयनाथ जोशी, न्हुच्छेबहादुर नेम्कुल, महेशमान मलेकू र सुरेन्द्रगोविन्द जोशी रहनुभएको छ। समाजका अनुसार मनोनित पदको कार्यकाल २ वर्षको रहनेछ।

प्रतिक्रिया दिनुहोस्