कुरुप बन्दै छन् नदीहरु



बेनी (म्याग्दी), ७ फागुन । कालीगण्डकी र म्याग्दीनदीका बगरबाट अनियन्त्रित रुपमा ढुङ्गा र बालुवा निकाल्ने क्रम बढेपछि नदी कुरुप बन्न थालेका छन् ।

नदी छेउका बगरमा डोजर लगाएर ढुङ्गा र बालुवा निकाल्न थालेपछि नदीको मौलिक स्वरुप नै परिर्वतन आउन थालेका छन् । अनियन्त्रित रुपमा ढुङ्गा र बालुवा निकाल्न थालेपछि नदीका छेउछाउका गाउँसमेत खतरामा परेका छन् ।

बढ्दो सहरीकरणका कारण घर निर्माण हुने क्रम बढ्दै गएपछि ढुङ्गा, गिट्टी र बालुवाका लागि म्याग्दी र कालीगण्डकीका बगर धमाधम खनिँदै छन् । यसबाट नदीको धार परिवर्तन हुनुका साथै वरपरका गाउँलाई समेत खतरा उत्पन्न भएको स्थानीयको गुनासोे छ ।

“जथाभावी रुपमा नदीबाट ढुङ्गा र बालुवा निकालिँदै छ, नियमन निकाय मौन भएर बसेका छन्, नदीले धार परिवर्तन गर्दा नदीको सौन्दर्य नै लोप हुन थालेका छन्,” बेनी नगरपालिका–४ का कृष्णवहादुर किसानले बताउनुभयो ।

सरकारी स्वामित्वमा रहेका खोला नदी केही व्यक्तिका लागि दुहुनोगाई झैं बनेको छ भने जिल्ला विकास समिति र सम्बन्धित गाविसले पनि त्यसबाट प्राप्त हुने रोयल्टीमा नै मक्ख परेका छन् । यसबाट नदीको बगर अतिक्रमण हुनुका साथै वातावरणीय समस्या समेत उत्पन्न भएको स्थानीयको गुणासो छ । रासस

प्रतिक्रिया दिनुहोस्