सामसुङका उत्तराधिकारी गिरफ्तार



सोल, (एजेन्सी)
घुस ख्वाएको र अन्य अभियोगहरूमा सामसुङका उत्तरराधिकारी ली जाय योङलाई दक्षिण कोरियामा गिरफ्तार गरिएको छ। यो मुद्दा दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन ह्येलाई महाभियोग लगाइएको भ्रष्टाचार काण्डसंग सम्बन्धित छ।
सामसुङ कम्पनीलाई पार्ककी निकटतम मित्र चोइ सुन सिलद्वारा सञ्चालित गैर आयमूलक संस्थाहरूलाई राजनीतिक फाइदा लिने उद्देश्यले आर्थिक सहयोग गरेको आरोप लगाइएको छ।

तर ली र सामसुङ समूहले कुनै पनि गलत काम नगरेको अडान लिँदै आएका छन्। लीलाई यसअघि गत जनवरीमा सरकारी वकिलहरूले यस काण्डलाई लिएर सोधपुछ गरेका थिए। केही दिनअघि मात्र उनलाई दोस्रोपटक सोधपुछ गरिएको हो। शुक्रबार दक्षिण कोरियाको अदालतले नयाँ प्रमाण र थप अपराधिक अभयोगअनुसार लीलाई पक्राउ गर्न जरुरी देखिएको जनाएको छ।

अब यस काण्डमा पुन नयाँ ढंगले अनुसन्धान शुरू हुने भएको छ। उनी विरुद्ध औपचारिक मुद्दा दायर गर्न चालिस दिनको म्याद रहेको छ। देश छाडेर भाग्न सक्ने संभावना रहेकाले उनलाई हिरासतमा लिइएको हो।

प्रतिक्रिया दिनुहोस्