पाथीभरा भलिबलमा आर्मी र पुलिस विजयी



रविन भट्टराई, ताप्लेजुङ ।
ताप्लेजुङमा जारी पाथिभरा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार (आज) भएको खेलमा त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

सदरमुकाम स्थित भानु जन माविको खेल मैदानमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले २६–२४, २५–१९ र २५–१७ को सोझो सेटमा सशस्त्र प्रहरीको टिमलाई पराजित गरेको छ ।

त्यस्तै आजनै भएको दोस्रो खेलमा नेपाल पूलिस क्लवले मध्यामाञ्चललाई २५–९, २६–१६, र १५–१३ को सोझो सेटमै पराजित गरेको हो । आजको खेल समाप्ति सँगै अंक तालिको सिर्स स्थानमा ९–९ अंक सहित नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लव रहेका छन् । सशस्त्र प्रहरी ३ अंक सहित दोस्रो स्थानमा रहेको छ । पुर्वाञ्चल र मध्यमाञ्चल क्रमस २ र १ अंक सहित तेस्रो र चौथो स्थानमा रहेका छन् ।

यसैबिच शनिवार (भोली) हुने पहिलो खेलमा पुर्वाञ्चल र ससस्त्र प्रहरि भिड्दा दोस्रो खेलमा त्रिभुवन आर्मी र नेपाल पूलिस खेल मैदानमा उत्रने आयोजकले बताएको छ ।

‘राउन्ड रोबिन’को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ । जिल्ला भलिवल संघ ताप्लेजुङको आयोजनामा मंगलबार बाट सुरु भएको खेल आगामि शनिवार (भोली ) सम्पन्न हूँदैछ ।

प्रतिक्रिया दिनुहोस्