नेपाली एयरलाइन्सलाई कालोसूचीबाट हटाउन इयुलाई परराष्ट्रमन्त्रीको आग्रह



काठमाडौं,(नेस) । युरोप भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाली एयरलाइन्सलाई रोक लगाउने युरोपेली संघको निर्णय फिर्ता लिन युरोपेली आयोगका अध्यक्ष जिन क्याउड जन्कर समक्ष आग्रह गर्नुभएको छ । डा महतले ट्विट गर्दै भन्नुभएको छ—मलाई आशा छ यो रोक चाँडै फुकुवा हुनेछ । नेपाली एयरलाइन्स भरपर्दो र सुरक्षित नभएको भन्दै इयुले कालोसूचीमा राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्