स्ववियु निर्वाचन सार्ने विद्यार्थी संगठनहरुबीच सहमति



काठमाडौं ,(नेस)। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पाँच दिन पछि सार्र्ने प्रमुख विद्यार्थी संगठन सहमत भएका छन् । प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको बैठकले स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति गरेका हुन् ।
यस अघि प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा पूर्व निर्धारित कार्यक्रम अनुसार नै स्ववियु निर्वाचन यही फागुन १४ गते गर्ने सहमति भएको थियो ।

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका घोषणा गरेकोमा विप्लव माओवादी निकट विद्यार्थी संगठनले यसको विरोध गरेको थियो । विहीबार बसेको विद्यार्थी संगठनहरुको बैठकमा नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्