अमेरिकामा नेपालको मौलिक पहिरन



वल्र्ड फेसन परेडमा पुनम गौतमका पहिरन नेपालका मौलिक र परम्परागत पहिरन विश्वका धेरै देशमा मन पराइन्छ। विदेशीलाई लोभ्याउने नेपाली पहिचानमध्ये नेपालका मौलिक र परम्परागत पहिरन पनि हुन्। तर, यसको प्रचारप्रसार र प्रवद्र्धनमा सम्बन्धित क्षेत्र र निकायको ध्यान पुग्न सकेको छैन।

यसै विषयलाई मध्यनजर राखेर नेपालका विभिन्न १४ जातजातिका परम्परागत पहिरनहरु पहिलोपटक अमेरिकाको फेसन शोमा प्रदर्शन गरिएको छ। हालैको एक रात न्युयोर्कमा सम्पन्न वल्र्ड फेसन परेडद्वारा आयोजित न्युयोर्क फेसन विक–३ मा फेसन डिजाइनर पुनम क्ष्ँत्री गौतमले तयार पारेका विभिन्न पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले प्रदर्शन गरेका हुन्। पुनमले नेपाल सांस्कृतिक रूपले सुन्दर तथा धनी छ भन्ने सन्देशसहित आफूले तयार पारेका पहिरनहरु फेसन शोमा प्रस्तुत गरेको बताइन्। वल्र्ड फेसन शोले आयोजना गरेको फेसन शोमा प्रदर्शन गरिएका नेपाली पहिरन अन्तर्राष्ट्रिय मोडलहरुले नै प्रस्तुत गरेका थिए।

‘अन्य डिजाइनरका कमर्सियल पहिरन प्रदर्शन गरिँदा मैले नेपाली मौलिक कला तथा संस्कृति झल्कने पहिरन तयार गरेकाले अधिकांशले नेपाली पहिरनको प्रशंसा गरेकोमा मलाई गौरवबोध भएको छ –फेसन शो सम्पन्न भएलगत्तै आफूलाई विश्वका स्थापित फेसन डिजाइनरहरुले बधाई दिएको दाबी गर्दै डिजाइनर गौतमले भनिन्। शोमा डिजाइनर गौतमले तयार पारेका ब्रँह्मण, क्ष्ँत्री, शेर्पा, तामाङ, गुरुङ, थारू, राउटे, राजकीय, मगर, नेवार, मैथिलीलगायत विभिन्न जात–जातिका परम्परागत पहिरनहरु प्रदर्शन गरिएको थियो। ‘नेपालमा झन्डै ३ महिना लगाएर तयार पारेका पहिरनले अमेरिकी दर्शकको समेत मन जित्न सकेकोमा म हर्षित छु, उनले न्युर्योकबाट भनिन्– ‘पहिरनमार्फत् मैले हामी नेपाली एक हौं भन्ने सन्देश दिन प्रयास गरेकी थिएँ। मेरो यो थिमलाई अधिकांश सहभागीले प्रशंसा गरे। फेसन शोमा डिजाइनर गौतमले तयार पारेका पहिरनहरु विदेशी मोडलहरुले प्रदर्शन गरिरहँदा एक नेपाली मोडल जाङ्बु शेर्पाले पनि ती पहिरन प्रस्तुत गरेका थिए।

फेसन शोमा नेपाली डिजाइनर गौतमसहित विश्वका १५ जना डिजाइनरले आफ्ना पहिरन प्रदर्शन गरेका थिए। हरेक डिजाइनरलाई आफ्ना पहिरन प्रदर्शनका लागि एक–एक सिक्वेन्स तयार प्रदान गरिएको थियो। डिजाइनर गौतमको पहिरनले चौतर्फी प्रशंसा पाएलगत्तै न्युयोर्कस्थित नेपाली राजदूतावासले उनलाई समारोहस्थलमै प्रशंसापत्रले सम्मान गरेको छ। फेसन शोलगत्तै आफ्ना दुई पहिरन बिक्री भएको समेत डिजाइनर गौतमले बताएकी छिन्। राउटे तथा शेर्पा जातिको संस्कृति झल्कने पहिरन बिक्री भएको गौतमले जानकारी गराएकी छिन्। न्युयोर्कको होली डे इनमा सम्पन्न फेसन शोमा करिब ६ सय दर्शक सहभागी थिए।

‘म जहाँ पुग्छु, आफ्नो देश नेपाललाई सँगसँगै लैजान्छु, डिजाइनर गौतमले फेसन शोपछि सञ्चारकर्मीहरुलाई भनेकी थिइन्– ‘नेपाल बहुल जातीय मुलुक भएकाले हामी कला र संस्कृतिका लागि धनी छौं भन्ने कुरा मैले पहिरनमार्फत् प्रदर्शन गर्न खोजेकी हुँ। नेपालमा ती पहिरन तयार पार्न डिजाइनर गौतमलाई डिना गुरुङ तथा रनितले पनि सहयोग गरेका थिए।

नेपाली पहिरनले दर्शकको मन जितेलगत्तै निकट भविष्यमा लन्डन तथा हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय फेसन शोमा आफूले निमन्त्रणा पाएको डिजाइनर गौतमले दाबी गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्