हेर्नुहोस्, लण्डन सहरका पाँच उत्कृष्ट अनलाइन गरगहनाका पसलहरु



मनोज रेग्मी, काठमाडौं ।
यदि तपाई जाता ततै गहना झल्कीएको एउटा सुन पसलमा जानु भयो भने तपाईलाई त्यहाँ सुन छान्नको लागि निकै नै गाह्रो पर्छ । तर तपाईले त्यही कुरा अनलाईन प्रकिृयामा जानु भयो भने तपाईलाई गरगहना छान्नको लागि निकै नै सजिलो हुने कुरा पक्का छ । यस्ता छान्ने कुरालाई तपाईले निकै मुस्किल्को विषयमा लिनु नपर्ने र वेब पेजको थोरै क्लिकमा पनि ठूलो फाईदा प्राप्त गर्न सकिने कुरा प्रमाणित भै नै सकेको छ ।

हामीले लण्डनका त्यस्ता वेब साइर्टहरु छानेका छौ, जुन पेजमा राम्रा र शरीर झल्काउने खालका गहनाहरुलाई प्रयोगकर्ताका सामुन्ने ल्याउने प्र्रयास गछौँ । यी हुन लण्डनका पाँच अनलाईन सपिङ्ग साईटहरुः

१ (नेट पोटर ) 

नेट पोटर नामक अनलाईन गहना बिक्रेताले लन्डन सहरमा निकै नै ठूलो चर्चा कमाउन सफल छ । यसैगरी गहनाहरु मात्र नभई महिलाक बर्गका लागि आर्कषक कपडाको व्यापार गर्ने गरेको पनि पाइएको छ । त्यती मात्र नभई, यस साईटबाट डिस्काउन्टका साथै अरु पनि थुप्रै गहनाहरु सुपथ मुल्यमा पाइने भएकाले ग्राहकहरुको आर्कष्ण बढने गरेको छ । यस पसलमा गहनाहरु २० डलर देखि ७ हजार डलर सम्म पाइने गर्छ जुन मुल्य लन्डान बासीहरुलाई निकै नै सस्तो पर्न जान्छ ।

२ डाईसी लन्डन 

डाईसी लन्डनलाई युकेमा आईकोनिक चक्र्र कलेक्सन को नामले पनि चिनीने गरेको छ । यो साईटले राम्रो मात्र नभई गुणस्तरमा पनि ख्याल गर्ने भएकोले यस साइटलाई उत्कृष्टताको बरियातमा राखीएको हो । यो पसलामा सपिङ्गको लागि नायक नायीका मोडलहरु लगाएतका प्रख्यात व्याक्तिहरुको भिडले गर्दा चर्चामा रहेको अनुमान लागाईएको छ । यदि तपाईहरुले कुनै फरक प्रकारको गहना अनलाइन सपिङ्ग साइटको खोजिमा हुनुहुन्छ भने यो नै तपाइहरुको लागि राम्रो हुने कुरा बताईएको छ ।
३ एस्टलि क्लार्क 

एस्टलि क्लार्कका सबै गरगहनाहरु आप्नै स्टुडीयोमा बनाईएका छन भने उनिहरुले अन्तर्राष्ट्रिय बजामा पनि ग्राहकको मन जित्न सफल छन । गुणस्तरको रुपले मात्र राम्रो नभई मुल्य सस्तो हुने भएकोले साइटको नाम चर्चीत भएको हो ।
डीजाइनका गहनाहरु ३० डलर देखी २० हजार डलर सम्म उपल्बध हुने गर्छ ।

४ ओदर स्टोरीज 

सबै मानिसले मन पराएको गहना पसल आफैमा छुटटै किसीमको सान रहेको छ । यो साइटमा थुप्रै प्रकारका ब्राक्लेटस र रिङ्गसहरु अनेक डिजाईनमा पाइन्छ । यो पसलमा फलाम अथवा जीम स्टोनबाट कुनै पनि धातु प्रयोग गरी बनाइएको हुदैन । त्यसैले पनी होला मानिसहरुको साइटमा संलगनता रहेको देखीएको छ । गहनाका मुल्यहरु डलर १० देखी सुरु भएर ६० डलर सम्म मात्र रहेको छ । यो गहना खरीद गर्नको लागि निकै नै सस्तो मुल्य मानिएको छ ।

५ ब्राउन्स फेसन 

उत्कृष्ट फेसनका र आधुनीक किसीमका गर गहनाका लागी । यो पसल १९७० मा स्थापना भएको हो जुन पसलमा थुप्रै गहनाका कलेक्सन पाउन सकिन्छ । यदी तपाइहरुले एक हजार भन्दा बढीको गहना अथवा कपडा खरीद गर्नको लागि ृपैसा छुटटाएर राख्नु भएको छ भने यो भन्दा राम्रो पसल अरु कुनै हुनै सक्दैन ।यो पसलमा धैरैजसो महिलाहरुको लागी गहना र कपडाके डिजाइन गर्ने हुनाले महिलाहरुको नै भिड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्