ग्राण्डी अस्पतालमा १ महिने भ्यालेन्टाइन प्याकेज



काठमाडौं, (नेस)।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यस वर्ष पनि क्युपिड प्याकेज अफर अघि सारेको छ। जोडी लक्षित यस क्युपिड प्याकेज अफरमा दुईमध्ये एकजनाले तेह्र हजार रुपियाँ बराबरको स्वास्थ्य परीक्षण प्याकेज गर्दा अर्को एक जनाको स्वास्थ्य परीक्षण निःशुल्क गरिएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको वेलनेस सेन्टरमा फेब्रुअरी १४ देखि यस महिनाभर यो अफर लागु हुने छ ।

अस्पतालको एउटा पृथक र सम्पूर्ण स्वास्थ्य सेवाको पूर्ण गन्तव्यको रुपमा रहेको वेलनेस सेन्टरले, बेसिक हेल्थ चेक-अप, कम्प्रिहेन्सिभ हेल्थ चेक-अप, एक्जिक्यूटिभ हेल्थ चेक-अप, एक्जिक्युटिभ प्लस हेल्थ चेक-अप, डायबेटिज हेल्थ चेक-अप, कार्डियाक हेल्थ चेक-अप, चाइल्ड हेल्थ चेक-अप, सिनियर सिटिजन हेल्थ चेक-अप, किड्नी हेल्थ चेक-अप, वुमन्स हेल्थ चेक-अप लगायतका विभिन्न सुरक्षात्मक स्वास्थ्य परीक्षण प्याकेजहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्