रमाउँदै प्रेम जोडिहरु



आज माघ ३ गते ‘भ्यालेन टाइन डे’ अर्थात अग्रेजी पात्रो अनुसार फेबरुवारी १४ विशेष गरेर विश्वभरीका सबै नव प्रेमीहरुले मनाउने सुनौलो दिनको रुपमा चिनीने गर्दछ । आज विश्वभरी मात्र नभएर नेपालका नव प्रेमीहरुले पनि आजको दिनलाई उत्तिकै मह्त्वको रुपमा लिदै आयको पाईएको छ ।

काठमान्डौमा पनि आज धैरैजसो ठाउँमा जोडिहरुको निकै नै ठुलो भिड लागेको छ । बसन्तपुर मन्दिर, सपिङ महल बिशेष गरेर पार्कहरुमा प्रेमी प्रेमीकाहरुको ठुलो जमघट रहेको छ । काठमान्डौको बिच भागमा अवस्थीत रत्नपार्कमा पनि उत्तिकै रुपमा भिडभाड रहेको छ ।

प्रेमी प्रेमीकाहरुले एक अर्कालाई हेर्ने, माया पीर्तीका रमाईला गफ गर्ने, एकले अर्काको हात थाम्दै प्रेमीकालाई पानी खुवाउने जस्ता रहरलाग्दा कामहरुले गर्दा जोडिहरुको मुख्य स्थल निकै नै रमडिय बनेको थियो । रत्नपार्कको एक कुनामा बालबालिकाको लागि निमार्ण गरीएको पिङमा पनि नवजोडीहरुको घुईचो लाग्ने गरेको थियो । यती मात्रै नभएर जोडीहरुले एकले अर्काको हातमा नाम लेख्ने गरेका थिय । पार्कको विभीन्न ठाउँमा राखीएका बेन्चहरुमा अगांलिएर रहेका जोडिहरु निकै नै खुशी देखीएका थिय ।

यसै गरेर बसन्तपुर मन्दिरमा पनि जोडिहरुको भिडमा केहि कमी देखीेएको थिएन् । बसन्तपुरमा रहेको मुख्य मन्दिरको हरेक ढोकामा जोडीहरु खुशी देखीन्थे । भ्यालेनटाइन डे मा निकै नै पख्यात मानिने गुलाबको फुल आज पार्कमा मात्रै नभई बसन्तपुरमा पनि प्रख्यात भैरहेको छ ।

पशुपतीनाथ मन्दिर वरीपरी, गोदावरी, रत्नपार्क, ड्रिम अफ गार्डेन लगायतका विभीन्न स्थानमा जोडीहरुको भीड लागेको छ । यती मात्र नभई, एक अर्काको जुठो खानेकुरा खानाले माया झन गाडा हुने विश्वासले गर्दा पानिपुरीको पसलमा पनि जोडिहरुको भीड लागेको दृश्य पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्