६ वर्षे बालिकाको बलात्कारपछि हत्या, १७ वर्षीय युवक प्रक्राउ



सिताराम चौधरी, कपिलबस्तु ।
शिवराज नगरपालिका– १० का सोभाखर अधिकारीकी ६ वर्षे छोरी सिता अधिकारी मृत अबस्थामा फेला परेकी छन् । उनको बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

उनको शव घरदेखि ५ सय मिटर उत्तर पर्ने जवही खोलामा तैरिरहेको अबस्थामा आज विहान साँढे ६ बजेतिर खोज्ने क्रममा स्थानीयले भेट्टाएका हुन् ।उनको शब अर्धनग्न अबस्थामा फेला परेका वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।

हिजो बेलुका ७ बजेतिर साथीकोमा खेल्न निस्केका छोरी ८ बजेसम्म पनि घरमा खाना खान नआएपछि खोजी निति भएको थियो ।

सितालाई रातभर सशस्त्र प्रहरी बल चन्द्रौटाको टोली, वडा प्रहरीको टोली र स्थानीयले खोजी कार्य गरेका थिए ।
स्थानीय आवर मडरल्याण्ड सेकेन्डरी स्कुलमा एलकेजीमा अध्ययनरत सिताको दाहिने हिपमा चिरिएको गहिरो घाउ देखिएको छ ।

उनको लुगा र चप्पल शव भएको स्थानदेखि १० मिटर टाढा मिलाएर राखेको देखिएको छ । र सोहि स्थानमा रगत हिलाम्मे देखिनुका साथै घाँस र जमिन मरेको अबस्था रहेको प्रहरीले जानकारी दिए ।

सिताको शवलाई पोष्ट मार्टमका लागि लुम्बिनी अस्पताल बुटवलमा लगिएको छ भने उनको हत्याको आशंकामा छिमेकी १७ वर्षका भिमबहादुर कुँवरलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको प्रहरी निरिक्षक भट्टराईले न्युजअफनेपाललाई जानकारी दिनुभयो ।

घटनाको सत्य, न्यायिक छानबिन र दोषीलाई छिट्टै सार्वजनिक गरी कडा कारबाहीका लागि दबाब दिन विद्यार्थी, स्थानीय, संघसंस्था लगायतले विरोध गरिरहेका छन् भने अहिले चन्द्रौटा वजार ठप्प पारीएको छ ।

प्रतिक्रिया दिनुहोस्