नक्कली पेस्तोल देखाउँदै लुट्न हिँडेका समूह पक्राउ



काठमाडौं, (नेस)।
नुवाकोट सामरी–२ का पुर्ण बहादुर तामाङ समेत ४ जनालाई नक्कली पेस्तोल सहित प्रहरीले सोमबार पक्राउ गरेको छ ।

४/५ जनाको समूहमा हातमा पेस्तोल जस्तो देखिने बस्तु देखाई लुटपाट गर्ने उद्देश्यले हिडेको सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सूचनाका आधारमा चेक जाँच गर्दा उनीहरुको साथबाट युएसजी–एमएम–पेरेट्ट लेखीएको नक्कली पेस्तोल सहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्